बाजुरा ःगौमुल गाउँपालिका-२ नम्बर वडा कार्यालयले विजया दशमी तथा शुभदीपावलीको पावन अवसरमा शुभकामना आदानप्रदान तथा बृहत् डेउडा प्रतियोगिता आयोजना गर्ने भएको छ ।
स्थानीय मौलिक कला, संस्कृति र पहिचानको संरक्षण तथा संवर्द्धन गर्ने उद्देश्यले आगामी असोज ३० गते वडा कार्यालयको केन्द्र तल्दुगुनमा वडा स्तरीय बृहत् डेउडा प्रतियोगिता आयोजना गर्न लागिएको वडा अध्यक्ष देवबहादुर रोकायाले बताएका छन् ।
चाडपर्वको खुसी साटासाट गर्नुका साथै स्थानीय कला, संस्कृति र परम्परालाई जीवन्त राख्ने तथा नयाँ पुस्तामा मौलिक सांस्कृतिक पहिचान हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ ।
कार्यक्रममा स्थानीय नागरिक, डेउडाप्रेमी, कलाकार, बुद्धिजीवी तथा सम्पूर्ण सरोकारवालाको सहभागिताका लागि वडा कार्यालयले अनुरोध गरेको छ ।
वडाले विजया दशमी तथा शुभदीपावलीको अवसरमा आयोजना हुन लागेको कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन र स्थानीय कला-संस्कृतिको संरक्षण अभियानमा साथ दिन सबैमा आग्रह गरेका छन् ।
स्थानीय मौलिक संस्कृति संरक्षण, आपसी सद्भाव अभिवृद्धि तथा चाडपर्वको खुसी सामूहिक रूपमा साटासाट गर्ने अवसरका रूपमा कार्यक्रमलाई लिइएको छ ।





प्रतिक्रिया