गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:४२
Dho

समाचार लेखेकै आधारमा पत्रकार माथि निर्मम आक्रमण, कारबाहीकाे माग

गाैमुल खबर गाैमुल खबर
बिहीबार, पुष २६, २०८०
समाचार लेखेकै आधारमा पत्रकार माथि निर्मम आक्रमण, कारबाहीकाे माग

रौतहट: समाचार लेखेको बिषयलाई लिएर रौतहटमा एक पत्रकारलाई मरणासन्न हुने गरी कुटपिट गरिएको छ । रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ९ मा बनाइएको सार्वजनिक प्रतिक्षालयलाई नीजि प्रयोजनको निम्ति प्रयोग गरिएको बिषयमा समाचार लेखेको भन्दै पत्रकार अशोक यादवलाई कुटपिट गरिएको हो ।

पत्रकार यादवलाई प्रतिक्षालय नीजि प्रयोजनको निम्ति प्रयोग गर्दै आएका स्थानीय पिपरा पोखरियाका जीतेन्द्र यादव, सिकिन्द्र यादव, छोटेलाल राय, प्रिन्स जयसवाल र समुन्द्र विक्रम शाहले मरणासन्न हुने गरी कुटपिट गरेका हुन । पत्रकार साह मोटरसाइकलमा सवार रहेको बेला बाटो छेकेर कुटपिट गरिएको थियो ।

यसैबीच प्रेस चौतारी रौतहटले बिज्ञप्ति जारी गरी पत्रकार साहलाई कुटपिट गर्ने अपराधीलाई कडा कार्वाहीको माग गरेको छ । प्रेस चौतारी रौतटहका सचिव मनोजकुमार साहले आज विज्ञप्ति मार्फत पत्रकार कुटने अपराधीलाई पक्राउ गरी कडा कारबाहीकाे माग गर्नुभएको हो ।

No description available.

प्रतिक्रिया