गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:५७
Dho

टीकापुरमा आजदेखि नागरिक उन्मुक्तिको महाधिवेशन हुँदै

धनगढी
गाैमुल खबर गाैमुल खबर
बिहीबार, पुष २६, २०८०
टीकापुरमा आजदेखि नागरिक उन्मुक्तिको महाधिवेशन हुँदै

धनगढी : कैलालीको टीकापुरमा नागरिक उन्मुक्ति पार्टीको आजदेखि पहिलो महाधिवेशन हुँदैछ। दुई वर्षअघि निर्वाचन आयोगमा दर्ता भएको पार्टीको पहिलो महाधिवेशनको बिहिवारदेखि टीकापुरमा हुन लागेको हो ।

टीकापुर घटनामा जन्मकैदको सजाय पाएर डिल्लीबजार कारागारमा बन्दी जीवन बिताइरहेका बेला रेशमलाल चौधरीले श्रीमती रञ्जिता श्रेष्ठको नेतृत्वमा नाउपा गठन गरेका थिए। रञ्जिता भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री छन्।

उनी बुधवार नै टीकापुर आएकी छन्। उजीसँगै पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पनि टीकापुर पुगेका जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख देवेन्द्रबहादुर पालले बताए। प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले पार्टीको महाधिवेशनको उद्घाटन गर्ने संरक्षण रेशमलाल चौधरीले बताएका थिए।

तर, उनी कैलालीको टीकापुर आउने कार्यक्रम स्थगित भएको छ। गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले बाँकी कैद मिनाहा गरेपछि गत १५ जेठमा जेलबाट छुटेका रेशम चौधरी नाउपाको संरक्षकको भूमिकामा छन्। टीकापुरमा २६–२८ पुस पार्टीको महाधिवेशन हुँदैछ।

प्रतिक्रिया