गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:५३
Dho

पार्टी र प्रेस चौतारी बीचको सम्बन्ध कसिलो हुनुपर्छ : (एमाले) केन्द्रीय सदस्य थापा

सत्तापक्ष मिलेर गरिएको घेराबन्दीको सामना गर्ने जनताको शक्तिशाली पार्टी नेकपा (एमाले) भएको दाबी
बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, पुष २२, २०८०
पार्टी र प्रेस चौतारी बीचको सम्बन्ध कसिलो हुनुपर्छ  :  (एमाले) केन्द्रीय सदस्य थापा

बाजुरा : नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य तथा अछाम जिल्ला इन्चार्ज लाल बहादुर थापाले पार्टी र प्रेस चौतारी बीचको सम्बन्ध कसिलो हुनुपर्ने बताएका छन् । आज प्रेस चौतारी नेपाल जिल्ला समिति बाजुराको पूर्ण बैठकको सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

लोकतान्त्रिक व्यवस्थामा दल र राज्यलाई सही मार्गमा हिडाउने काम प्रेस चौतारीको भएका कारण पार्टीले गरेका हरेक निर्णय स्रोता समक्ष पुर्याउन आग्रह गरेका छन् । जिल्लाको पत्रकारिताको विकासमा आफ्नो पनि योगदान रहेको स्मरण गर्दै आपसी एकता कायम गर्नुपर्ने उल्लेख गरे ।

निवर्तमान प्रतिनिधि सभा सदस्य समेत रहेका थापाले समग्र जिल्लाको विकास एमाले बाहेक अन्य कसैले गर्न नसक्नेमा जोड दिए । व्यक्ति नभई पार्टीलाई अग्र भागमा राख्न सुझाव दिर्दै विगतमा भएका कुरालाई बिर्सेर वर्तमान र भविष्यमा के गर्ने भन्ने कुरामा केन्द्रीत हुन अनुरोध गरे ।

पार्टी जीवनमा देखिएका त्रुटी र असान्दर्भिक कुरालाई समेत सही ठाउँमा ल्याउने भूमिका प्रेस चौतारी नेपाल बाजुराले खेल्न सुझाव दिए । एक फरक प्रसंङ्गमा थापाले हालको गठबन्धन सरकारको आयु धेरै लामो नरहेको बताएका छन् ।

प्रतिपक्षलाई सत्तापक्ष मिलेर घेराबन्दी गर्ने ऐतिहासिक रेकर्ड कायम गर्ने देश नेपाल भएको र त्यो घेराबन्दीको सामना गर्ने जनताको शक्तिशाली पार्टी नेकपा एमाले भएको दाबी समेत गरे । विद्यार्थी नेता चेतनदीप अयडीको हत्याका आरोपी छोड्नु न्यायलयमा विशुद्ध राजनीतिक चलखेल भएको स्पष्ट रहेको बताए । 

प्रतिक्रिया