गाैमुल खबर डटकम बुधबार २१, माघ २०८२ ०६:५३

एक तोला सुनको भाउ तीन लाखमा झर्‍यो

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
आइतबार, माघ १८, २०८२
एक तोला सुनको भाउ तीन लाखमा झर्‍यो

काठमाडौं : नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। यसदिन सुन तोलामा १८ हजार ८०० रुपैयाँले घटेको हो। मूल्य घटेसँगै एक तोला सुनको भाउ ३ लाखमा झरेको छ।

अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार एक तोला सुनको मूल्य ३ लाख  १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार यसदिन १८ हजार ८०० रुपैयाँले घटेर एक तोला सुनको मूल्य ३ लाख कायम भएको छ।

यसअघि माघ १५ गते सुनको मूल्य ३ लाख ३९ हजार ३०० पुगेको ऐतिहासिक रेकर्ड कायम गरेको थियो। यस्तै चाँदी भाउमा पनि उच्च गिरावट आएको छ।

महासंघका अनुसार यसदिन १ हजार ६५ रुपैयाँले घटेर एक तोला चाँदीको भाउ ५ हजार ५०० पुगेको छ। शुक्रबार चाँदी एकतोलाको ७ हजार  ६५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

प्रतिक्रिया