गाैमुल खबर डटकम मङ्गलबार १६, भदौ २०८३ १०:०७

एमालेले भोटेकोशी बाढी पीडितलाई १ करोड २० लाख सहयोग गर्ने

‘भोटेकोशीमा आएको बाढी– बाढी नभई ‘वार्मिङ’ हो : ओली
काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, भदौ १६, २०८३
एमालेले भोटेकोशी बाढी पीडितलाई १ करोड २० लाख सहयोग गर्ने

काठमाडौं : नेकपा (एमाले)ले भोटेकोशी र त्रिशुली नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रका नागरिकलाई १ करोड २० लाख सहयोग गर्ने निर्णय गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले सोमबार प्रेस वक्तव्य जारी गर्दै तत्काल उद्धार, राहत तथा दीर्घकालीन पुनर्स्थापना कार्यलाई तीब्रता दिन एमालेले १ करोड २० लाख सहयोग गर्ने निर्णय गरेको जानकारी दिए।

राहत वितरण प्रभावकारी र छिटो हुनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले पीडितले तत्काल आवश्यक सहायता पाउने व्यवस्था सबैभन्दा महत्वपूर्ण रहेको धारणा राखे। सरकारी प्रक्रियागत ढिलाइका कारण राहत वितरणमा अवरोध आउन नहुने उल्लेख गर्दै उनले वास्तविक पीडितसम्म प्रत्यक्ष र शीघ्र सहयोग पुराउने मोडालिटी अपनाइने स्पष्ट पारे ।

अध्यक्ष ओलीले भने,‘हाम्रो उद्देश्य कोषमा रकम थुपार्ने मात्र होइन, सङ्कटमा परेका नागरिकको जीवन बचाउन र उनीहरूको दैनिक जीवन पुनः सामान्य बनाउन तत्काल सहयोग पुर्याउनु हो ।’ 

‘बाढीपीडित उद्धार, राहत तथा पुनर्स्थापना सहयोग समिति’

एमालेले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको जीवनरक्षा, तत्काल राहत सामग्री सङ्कलन तथा वितरण, आर्थिक एवं मानवीय सहयोग परिचालन र पुनर्स्थापनाका लागि पार्टीका सचिव महेश बस्नेतको संयोजकत्वमा ‘बाढीपीडित उद्धार, राहत तथा पुनर्स्थापना सहयोग समिति’ गठन गरिएको छ । समितिमा बागमती प्रदेशका पार्टी जिल्ला अध्यक्ष, ईञ्जार्ज र जनसंगठनका अध्यक्ष रहेका छन्।

एमालेले प्रभावित क्षेत्रमा तत्काल आवश्यकताको पहिचान गरी राहत सामग्री सङ्कलन, ढुवानी, वितरण र पीडित परिवारको पुनर्स्थापनाका लागि सरकारी निकाय, स्थानीय तह तथा पार्टीका सबै तहका कमिटीहरूसँग समन्वय गरिने जनाएको छ ।

प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका जनप्रतिनिधिहरू र प्रदेशसभा सदस्यहरूलाई सम्बन्धित जिल्लाको आवश्यकताअनुसार प्रत्यक्ष रूपमा राहत र उद्धार कार्यमा जोडिन आह्वान गरेको छ ।

एमाले विपद्मा परेका नागरिकको जीवनरक्षा र राहतलाई पहिलो प्राथमिकतामा राख्दै  सोमबार बिहान ११ बजे नुवाकोट र दिउँसो १ बजे रसुवातर्फ नेकपा (एमाले) को केन्द्रीय उद्धार तथा राहत टोली प्रस्थान गर्ने भएको छ।

प्रेस वक्तव्यमा भीषण बाढी र पहिरोका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूमा जनधनको ठूलो क्षति भएको घटनाप्रति नेपाल कम्युनिष्ट पार्टी (एमाले) गहिरो दुख व्यक्त गर्दै सबैलाई उद्धार, राहत र पुनर्स्थापनाको कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।

‘भोटेकोशीमा आएको बाढी– बाढी नभई ‘वार्मिङ’ हो : ओली

सोमबार च्यासलको रकम हस्तान्तरण कार्यक्रममा केन्द्र सरकारको कोषमा पैसा र राहत जम्मा भएपनि जनतामा राहत पुग्न नपाएकोले यो स्थितिलाई अन्त्य गरौँ भनेर प्रयास गरिरहेको जानकारी गराए।

null

ओलीले भने,‘सरकारको कोषमा रकम जम्मा गर्दा कहिलेकाहीँ त्यो खातामै रहने र पीडितले तत्काल पाउनुपर्ने पिउने पानीसमेत नपाउने अवस्था सिर्जना हुन्छ। हाम्रो प्राथमिकता प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई मात्र बलियो बनाउने नभई पीडितका हातमा छिटोभन्दा छिटो राहत पुर्‍याउनु हो।’

पूर्वप्रधानमन्त्री ओलीले जलवायु परिवर्तनका कारण हुने विपद्बाट नेपालजस्ता विकासशील तथा जोखिममा रहेका मुलुकले भोग्नुपरेको क्षतिको पूर्ति विकसित मुलुकले गर्नुपर्ने बताए। उनले रसुवा बाढी तत्कालको विपद् नभई भविष्यमा झन् ठूलो खतरा रहेको संकेतका रूपमा बुझ्नुपर्ने टिप्पणी गरे।

पूर्वप्रधानमन्त्री ओलीले रसुवाको भोटेकोशीमा आएको बाढीको घटनालाई ‘ग्लोबल फेनोमेनन’ र ‘इन्भायरमेन्टल फेनोमेनन’का रूपमा बुझ्न विश्व समुदायलाई आग्रहसमेत गरे । उनले भने, ‘भोटेकोशीमा आएको बाढी– बाढी नभई ‘वार्मिङ’ हो, नेपालले यसै विषयमा अविलम्ब सगरमाथा सम्वादको आयोजना गरी हिमालको भविष्यका बारेमा विश्वका नेताहरु र विज्ञहरुबीच छलफल गर्नुपर्छ।’

आफूले सन् २०१८ मा संयुक्त राष्ट्र सङ्घको महासभामा जलवायु परिवर्तनले हिमालमा पारिरहेको असरका बारेमा बोलेको स्मरण गर्दै वातावरण विनाशमा योगदान गर्ने विकसित देशहरुले वातावरण जोगाउन योगदान गर्ने हामीजस्ता साना देशलाई क्षतिपूर्ति दिनुपर्ने बताए। 

प्रतिक्रिया