गाैमुल खबर डटकम सोमबार २२, भदौ २०८३ ०३:१४

ओलीमाथि यतिसम्म अत्याचार

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
आइतबार, भदौ २१, २०८३
ओलीमाथि यतिसम्म अत्याचार

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी एआइ निर्मित कृत्रिम फोटो सामाजिक सञ्जालमा भाइरल बनाइएको छ । 

बाढी प्रभावित क्षेत्रमा ओलीले राम्रो स्वागत पाएको भन्दै गलामा जुत्ताको माला र अनुहारमा कालोमोसो दलिएको फोटो सञ्जालमा व्यापक पारिएको हो । उक्त फोटो एआइको सहायतामा बनाइएको तथ्य जाँचबाट खुलेको छ । 

ओली केही दिनअघि बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि धादिङ र नुवाकोटका विभिन्न स्थानमा पुगेका थिए । त्यसक्रममा उनले बाढी पीडितको उद्धार तथा राहतका लागि प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए । 

ओलीले एक भारतीय पत्रकारलाई दिएको अन्तर्वार्ता हिजो सार्वजनिक भएको थियो । त्यसपछि एकाएक उक्त फोटो भाइरल गराइएको हो । शुरुमा ‘Budda Magar’ नामको प्रोफाइलबाट पोष्ट गरिएको फोटो राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा खोलिएका फेसबुक पेज र ग्रुपमा छपक्कै बनाइएको देखिन्छ । 

सरकारको आलोचना गरेकै कारण सामाजिक सञ्जालबाट धाकधम्की दिने, गालीगलौज र तुच्छ टिप्पणी गर्ने प्रवृत्ति पछिल्ला दिनमा झन बढेको छ । बाढीले परिवारका सदस्यसहित सर्वस्व गुमाएका पीडितलाई समेत 'आमाचकारी गाली' गर्ने जस्तो सहनै नसकिने हर्कत खुलेआम भैरहेको छ । 

यसको चौतर्फी निन्दा भएपछि स्वयं प्रधानमन्त्री वालेन्द्र साहले त्यस्ता कुकर्ममा संलग्नहरूलाई अपराधीको संज्ञा दिँदै कारबाहीको चेतावनी दिए पनि तिनीहरू सुध्रिएका छैनन् ।

प्रतिक्रिया