गाैमुल खबर डटकम मङ्गलबार २३, भदौ २०८३ ०३:१६

‘गाउँ नै बग्ने डर छ’ रिलामा तल-माथिबाट पहिरो खस्दा स्थानीय त्रसित

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, भदौ २३, २०८३
‘गाउँ नै बग्ने डर छ’ रिलामा तल-माथिबाट पहिरो खस्दा स्थानीय त्रसित

बाजुरा ः लगातार परेको अविरल वर्षाका कारण बडीमालिका नगरपालिका-४ रिला गाउँ पहिरोको उच्च जोखिममा परेको छ। निरन्तर वर्षाका कारण गाउँको सडक माथिबाट पहिरो खस्नुका साथै बस्तीको तल र माथि दुवैतर्फ जमिन भासिन थालेपछि स्थानीय त्रसित भएका छन्।

पहिरो र जमिन भासिने क्रम नरोकिएपछि सिंगो गाउँ नै जोखिममा परेको स्थानीय गजेन्द्र नाथले बताएका छन्। उनका अनुसार गाउँको माथिल्लो क्षेत्रमा सडकबाट पहिरो खसिरहेको छ भने बस्तीको तल्लो भागमा समेत जमिन चिरिने र भासिने समस्या देखिएको छ।

लगातारको वर्षाका कारण पहिरो थप फैलिन सक्ने भन्दै स्थानीयमा डर बढेको छ। ‘गाउँको तल र माथिबाटै पहिरो र जमिन भासिएको छ, अवस्था निकै जोखिमपूर्ण छ,’ स्थानीय गजेन्द्र नाथले भने। पहिरोका कारण सडक समेत प्रभावित भएपछि आवतजावतमा समस्या भएको छ।

वर्षा अझै जारी रहेकाले जोखिम थप बढ्न सक्ने स्थानीयको भनाइ छ। स्थानीयले तत्काल जोखिम क्षेत्रको निरीक्षण गरी आवश्यक सुरक्षा तथा उद्धारको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

प्रतिक्रिया