गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:००
Dho

सुनिता रावतको हौंला भन्थी एक देउडा गीत बजारमा [भिडियाे सहित]

बाजुरा
गाैमुल खबर डटकम
शुक्रबार, फागुन २०, २०७८
सुनिता रावतको हौंला भन्थी एक देउडा गीत बजारमा [भिडियाे सहित]

बाजुरा : नव गायीका सुनिता रावतको हौंला भन्थी एक नामक देउडा गीत बजारमा आएको छ । खप्तड छेडेदह गाउँपालिका ७ को प्राकृतिक सुन्दरता र माया पिरतीको कथालाई समेटेर तयार पारिएको देउडा गीतको म्यूजिक भिडियो खप्तड डिजिटज म्यूजिक प्रालिको यूटुब च्यानल मार्फत बजारमा आएको हो । 

खप्तड डिजिटज म्यूजिक प्रालिले गीतको म्यूजिक भिडियो बजारमा ल्याएको हो । चर्चित गीतकार राजेन्द्र शाह बिपीको लय शब्द रहेको गीतको छायाकंन डिबी रौलेले गरेका हुन् । टेक विष्ट र रोजी कुँवरको अभिनय रहेको गीतमा लोकप्रीय देउडा गायक प्रकाश थापा र सुनिता रावतको स्वर रहेको छ ।

खप्तड छेडेदह गाउँपालिका ७ की रावतले आफ्नै लगानी र स्वरमा पहिलो कोशेली देउडा गीत बजारमा ल्याएकी हुन् । विनोद बाजुरालीको संगीत रहेको गीतको भिडियो भीम थापा निर्देशक गरेका हुन् । बुढीनन्दा नगरपालिका ४ कुरु क्षेत्र र आटीचौर सरोफेरोलाई गीतको भिडियोमा कैद गरिएको छ ।  

प्रेम प्रेमीकाको सवाल जवाफ रहेको गीतमा माया पीरतीमा प्रेमील गुनासोलाई समेट्न खोजिएको छ । सकेजतिको प्रेम गर्दा पनि गुनासो गर्ने प्रेमी प्रतिको रिस र आक्रोशलाई गीतका शब्द मार्फत पोखिएको छ । 

प्रतिक्रिया