गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:०६
Dho

‘कोहीको पानी चल्छ यहाँ, कोहीको नचल्ने’

गाैमुल खबर गाैमुल खबर
बिहीबार, चैत १५, २०८०
‘कोहीको पानी चल्छ यहाँ, कोहीको नचल्ने’

कस्ले होला यो समाजको कठै रित बदल्ने ।
‘कोहीको पानी चल्छ यहाँ, कोहीको नचल्ने’
आमाको नजरमा सब सन्तान बराबर ।
ईश्वरले जात छुटट्यो भन्नु त सोह्रैआना गल्ती सराशर । 

यो गित समाजमा जेछ त्यही चित्रण गरेर पोखिएको छ । नेपाली समाजमा माथिल्लो जातले तल्लो जातलाई गर्ने व्यवाहारमा आधारित यथार्थ घटना र परिवेशलाई गित मार्फत उतारिएको छ । युट्युव च्यानल मार्फत बुधबार सार्वजनिक ‘पानी नचल्ने’ बोलको गितमा मानवताको सन्देश पनि पोखिएको छ । 

अझै हाम्रो समाजमा दलितमाथि गरिने विभेद यथावत रहेको र यसलाई बदल्नुपर्ने भिडियोमा प्रष्ट पारिएको छ । धेरैजसो समुदायमा दलितले छोएको पानी नखाने घटनाक्रम पनि छन् । नेपाली समाजमा माथिल्लो जातले तल्लो जातलाई गर्नेे विवेद, व्यवहारलाई टपक्क टिपेर गित निर्माण गरिएको छ । 

दलितले निर्माण गरेका मुर्ति सहीतका सामाग्रीहरु मन्दिरमा चल्ने तर त्यही मन्दिरमा दलितले टेक्न नपाउँने कुरिति, कुसस्कारलाई पनि गितमा चित्रण गरिएको छ । नेपाली समाजमा जरो गाडेर बसेको रितिरीवाज चालचलन तथा कुसंस्कारलाई अन्त्य गर्न युवाहरुले जुट्नुपर्ने गितले सन्देश दिएको देख्न र सुन्न सकिन्छ ।

सताब्दीदेखि भेदभाव सही आधा जीवन काटिएका कुराहरु समेत गितमा समेटिएका छन् । विभेदलाई अन्त्य गर्ने अब सबैले विउझिनु र जुट्ने पर्ने गितमा पोखिएको छ । बाजुराका राजेश पायल विकको ‘पानी नचल्ने’ गित जिल्ला सदरमुकाम मार्तडीमा विमोचन गरेपछि सार्वजनिक भएको हो ।

चर्चित गायिका पूर्णकला बि.सी बाजुराकै राजेन्द्र बाजुरालीकाे स्वर रहेको उक्त गितको शब्द, संगित र एरेन्ज गायक तथा संगितकार विनोद बाजुरालीको रहेको छ । मालाश्री स्टुडियोमा रेकडिङ्ग भएको गितको ध्वनी मिश्रण खडक बाजुरालीको रहेको छ । भने नबराज उप्रेतीले भिडियो छायाकंन गरेका छन् । 

चर्चित मोडेल अञ्चली अधिकारी र राजेश पायल विक अभिनित उक्त गितको भिडियोमा मौसम हिमालीले निर्देशन गरेका हुन् । एक नयाँ र फरक गर्ने कोसिश गरेको र सताब्दिदेखि दमन, शोषणमा परेका दलित समुदायले भोग्नु परेका कुरालाई वास्तिबिक चित्रण गर्न खाेजिएकाे मोडेल राजेश पायल विकले बताएका छन् । उक्त गितलाई सबैले माया गरिदिन आग्रह उनले गरेका छन् । 

गित सार्वजनिक भएपछि सबैले सेयर गर्दै समय सान्दर्भिक र समाज रुपान्तरण गर्ने गित निर्माण सहीत सार्वजनिक गरेकोमा सम्पूर्ण टिमलाई धन्यवाद व्यक्त गरेका छन् । गित सुनिल बिसीको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । सो गीतमा बडीमालिका नगरपालिकाको आर्थिक सहयोग र बडीमालिका नगर युवा सञ्जालको सहकार्य रहेको बताईएको छ । 

प्रतिक्रिया