गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:२७
Dho

प्रशासनिक सुधारका लागि प्रधानमन्त्रीको अध्यक्षतामा शासकीय अधिकार आयोग गठन गरिने

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, पुष १०, २०८०
प्रशासनिक सुधारका लागि प्रधानमन्त्रीको अध्यक्षतामा शासकीय अधिकार आयोग गठन गरिने

काठमाडौं : प्रशासनिक सुधारका लागि प्रधानमन्त्रीको अध्यक्षतामा शासकीय अधिकार आयोग गठन गरिने भएको छ। आफ्नो नेतृत्वमा सरकार गठन भएको १ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री दाहालले राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा प्रशासनिकलगायत समग्र शासकीय पक्षमा सुधार गर्न प्रधानमन्त्रीको अध्यक्षतामा तत्काल शासकीय सुधार आयोग गठन गरिने बताएका हुन् ।

प्रधानमन्त्री दाहालले यसका लागि समयवद्ध सुझाव तत्काल कार्यान्वयनमा लैजाने र परिणाम दिने सरकारको तयारी रहेको बताए। उनले निजामती सेवा कानुन र सार्वजनिक खरिद कानुन संसदको आउँदो हिउँदे अधिवेशनबाट पारित गरी कार्यान्वयनमा लैजाने बताए।  

यसैगरी भूमि ऐन र वन ऐनमा रहेको विरोधाभासलाई हटाइ तिनलाई विकाशमैत्री बनाइने उनको भनाइ छ। नेपालको शान्ति प्रक्रिया संसारका लागि अनुपम र उदाहरणीय रहेको प्रधानमन्त्री दाहालले दावी गरे।  उनले शान्ति प्रक्रियाका बाँकी रहेका विषय टुंगाउन आफू लागिरहेको बताए।

प्रतिक्रिया