गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:२८
Dho

पार्टी संगठनलाई बलियो बनाउने गरी लागौंः सीता थापा

नेकपा एमाले ६ नम्बर वडा कमिटीद्धारा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण आयोजना
बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, भदौ १५, २०८०
पार्टी संगठनलाई बलियो बनाउने गरी लागौंः सीता थापा

बाजुरा ः नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य सीता थापाले संगठनलाई बलियो बनाउने गरी लाग्न आम नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ । नेकपा एमाले ६ नम्बर वडा कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमको सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । पार्टीलाई जीवन्त बलियो बनाउन पार्टी केन्द्रले मिसन ग्रासरुट सुरु गरेकोले सोही अनुसार नै वडामा कार्यक्रमको आयोजना गरिएको बताउनुभएको छ।

आफुले जाने बुझे सम्म पार्टीलाई बलियो बनाउने गरी लागेको स्मरण गराउदै यसमा सबैले साथ दिनुपर्नेमा जोड दिनुभएको छ । मिसन ग्रासरुटलाई टोल तथा वडाबाट नै निरन्तरता दिने गरी कार्यक्रम आयोजना गरेको प्रति वडा कमिटीलाई धन्यवाद दिनुभएको छ । आफ्ना हरेक चाहानाहरु त्यागेर पार्टी संगठन बलियो बनाउनुपर्छ भनेर आफु लागिरहेको उल्लेख गर्नुभएको छ ।

समाजमा व्याप्त रोग, भोक, गरिवी, अभावलाई न्युनिकरण गर्नका लागि आफुहरु समाज सेवामा समर्पित भएको बताउनुभयो । नेतृत्वलाई सही ढंगबाट चलाउन र समग्र समाजको परिवर्तनका लागि संगठन बलियो बनाउन अति जरुरी हुने बताउनुभएको छ । आफुले गरेका राम्रा नराम्रा सबै कामको मुल्याकंन गरेर प्रत्यक्ष सुझाव सल्लाह दिएर सच्याउन सबैलाई अनुरोध गर्नुभएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले आफुहरु समाज परिवर्तनकै लागि समाज सेवा गरिरहेका बताउनुभएको छ ।

No description available.

व्यक्तिगत कुनै पनि स्वार्थ नभएर समाजकै लागि आफुहरु दिनरात लागिरहेको बताएका छन् । कार्यक्रममा कार्यकर्ताहरुका सुझाव संकलन तथा नेतृत्वले सुधार गर्नुपर्ने पक्षहरु प्रत्यक्ष प्रश्न उत्तर गरेर राखेका हुन् । नेतृत्वको अन्य समयमा टिकाटिप्पणी गर्ने प्रवृत्ति बढ्दै गएका कारण प्रत्यक्ष रुपमा कार्यकर्ताले गुनासा राख्ने गरी कार्यक्रमको आयोजना गरिएको वडा कमिटी अध्यक्ष कलक बहादुर चदाँराले बताउनुभएको छ । कार्यक्रममा अधिकांश कार्यकर्ताहरुले आफ्ना आधारभूत आवश्यकता सरकार तथा नेतृत्वले पूरा गर्नुपर्ने बताएका छन् ।

आधारभूत आवश्यकता केही पूरा भएपनि केही पूरा गरिदिन कार्यक्रमका सहभागी कार्यकर्ताहरुले माग राखेका थिए । वडा कमिटी अध्यक्ष कलक बहादुर चदाँराको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य सीता थापा रहनुभएको थियो ।

कार्यक्रममा जिल्ला कमिटी सदस्य गोरख बोहरा, गीता रोकाया, गौमुल गाउँ कमिटी सचिवालय सदस्य प्रकाश रोकाया लगायत नेताहरुले अतिथि रहनुभएको थियो । गाउँ कमिटी सचिवालय सदस्य कलक बहादुर रोकायाले सञ्चालन गरेको कार्यक्रममा करिव २ सय ५० बढी नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
एमालेमा प्रवेश
गौमुल गाउँपालिका ६ सटेडाका आनन्द रोकाया नेपाली काँग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् । विगत लामो समयसम्म नेपाली काँग्रेसका क्रियाशील सदस्य रहेका रोकायाको सिंगो परिवार एमालेमा समाहित भएको हो । नवप्रवेशी रोकायाको परिवारलाई नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य सीता थापा सहितका नेताहरुले स्वागत गरेका हुन् । 

No description available.

प्रतिक्रिया