गाैमुल खबर डटकम मङ्गलबार ३१, भदौ २०८२ ०५:१३

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

मृतकलाई शहीद घोषणा गर्ने र प्रतिव्यक्ति १० लाख दिने सरकारको निर्णय
काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
आइतबार, भदौ २९, २०८२
जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

काठमाडौं : जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ। मुख्य सचिव एकनारायण अर्यालका अनुसार ५९ जना प्रदर्शनकारी, १० जना कैदी बन्दी र ३ जना सुरक्षाकर्मीको मृत्यु भएको हो।  १३३ जना प्रदर्शनकारी र ५७ सुरक्षाकर्मी घाइतेको उपचार जारी रहेको छ।

उनले प्रधानमन्त्री सुशिला कार्कीले घाइतेको निशुल्क उपचार, आन्दोलनमा मृतक हुनेलाई शहिद घोषणा गर्ने र उनीहरुलाई प्रतिव्यक्ति १० लाख दिने निर्णय भएको छ। उनका अनुसार अधिकांश जिल्लाका सरकार र नीजी भवनमा तोडफोड भएको  छ।

प्रतिक्रिया