गाैमुल खबर डटकम बुधबार २३, माघ २०८१ ०८:३१

रावलको पार्टीमा प्रवेश गर्न लागिएको भन्ने हल्ला गलत हो : थापा

थापाले भने भीम रावल संगको यात्रा संयोग मात्र हो, यसलाइ गलत नबुझाैँ !
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, माघ ०४, २०८१
रावलको पार्टीमा प्रवेश गर्न लागिएको भन्ने हल्ला गलत हो  : थापा

बाजुरा : नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले एमालेबाट निष्कासित भएका डा भीम रावलको नयाँ पार्टी प्रवेश गर्न लागेको हो-हल्ला गलत रहेको स्पष्ट पारेका छन् ।

थापाले कुनै सल्लाह नभएर रावलसंग काठमाण्डौंबाट गृह प्रदेश धनगढी जाने क्रममा एउटै जहाजमा संयोगवश भेट भएको बताएका छन् । धेरै नेता तथा कार्यकर्ताहरुले जहाजमा संगै गृह प्रदेश गएको र रावलको पार्टीमा प्रवेश गर्न लागेको भने गलत प्रचार गरेको बताउँदै संयोगवशको भेटसहित एउटै ‘रो’मा देखिएको कुरालाई गलत रुपले हेर्न नहुने बताए । 

उनले  पार्टीमा प्रवेश गर्न लागिएको हल्ला निराधार भएको बताएका छन् । आफू पार्टी कामको शिलशिलामा बाजुरा जाने क्रममा संयोगवश एउटै ‘रो’मा देखिएको स्पष्ट पार्दै अन्य भित्रि उद्देश्य केही नभएको बताए । 

आफू पहिला पनि पार्टी हितमा काम गर्दै आएको र भविष्यमा पनि पार्टीलाई बलियो र अनुशासित बनाउनमा सक्रिय भूमिका रहने उनले बताए । एमालेको पूर्वउपाध्यक्ष समेत रहेका रावललाई पौष १० गते बसेको सचिवालय बैठकले पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको थियो ।

एमाले पूर्व उपाध्यक्ष रावलसँगै थापा श्री एयरलाइन्सको जहाजको एउटै ‘रो’ को सिटमा बसेर शुक्रबार विहान धनगढी आएका थिए । उनीहरु सँगैसँगै यात्रा गर्नुको पछाडिलाई एमालेभित्रको राजनीतिक कोर्षलाई महत्पूर्ण ढंगले हेरिएको थियो । 

यो यात्रालाई कतिपयले संयोगको यात्रा ठानेका छन् । थापाले भने कतिपयले रावलको नयाँ अभियानमा साथ दिने हुन की, भन्ने बुझेका छन्, तर त्यसो नभएर रावल र मेरो आकस्मात् भेट हो, यसलाई नराम्रो हिसाबले बुझ्न नहुने बताए ।

भोलीदेखि बाजुरामा हुने नेकपा एमालेको पालिका अधिबेशनमा सहभागि हुनको लागि काठमाडौंबाट श्रीएयरको जहाजबाट धनगढी आउने क्रममा विमानस्थलको अतिथि कक्षमा डा.भिम रावलसंग भेट भएको बताएका छन् । 

थापाले भने संयाोगले सिट संगै पर्याे र जहाजको कुनै यात्रीले एउटा फोटा खिचेर सामाजिक सञ्जालमा राखेका रहेछन् । उक्त फोटो राखेर समाचार प्रकाशित गरेको बताएका छन् । रावल र मेरो आजको यात्रा संयोग मात्रै हो । यसलाई राजनीति दृष्टिकोणले हेर्ने, बुझ्ने काम गर्नु गलत भएको बताए । 

हामी हिजो एउटै पार्टीमा  रहेर लामो सहयात्रामा गरेका थिायौं, अब हामी आफ्नो आफ्नो बाटोमा हिडेका छौ, कोही भ्रममा नपर्न, भ्रमको खेती नगर्न सामाजिक सञ्जालमा थापाले अपिल समेत गरेका छन् । 

प्रतिक्रिया