गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:४३
Dho

गौमुल गाउँपालिकामा निर्वाचनको पूर्वसन्ध्यामा बहालवाला वडा सदस्य सहित ३ परिवार एमालेमा प्रवेश

गौमुल गाउँपालिकामा नेपाली काँग्रेस रित्तिदैं
बाजुरा
pramit bk pramit bk
मङ्गलबार, बैशाख २७, २०७९
गौमुल गाउँपालिकामा निर्वाचनको पूर्वसन्ध्यामा बहालवाला वडा सदस्य सहित ३ परिवार एमालेमा प्रवेश

स्थानीय तहको निर्वाचन आउन आजबाट ३ दिन बाँकी रहेको बेला गौमुल गाउँपालिकामा भने नेकपा एमालेमा प्रवेश गर्नेको लहर चलेको छ । निर्वाचन आचारसंहिता लागु हुनु अघि एमालेमा समाहित हुनेहरुको लर्को लागिरहेको छ । 

बहालवाला वडा सदस्य देखि लामो समयसम्म नेपाली काँग्रेसमा योगदान गरेका काँग्रेस कार्यकर्ताहरु एकपछि अर्को गरेर एमालेमा प्रवेश गर्नेहरु बढ्न थालेका छन् । नेपाली काँग्रेसबाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित वडा सदस्य गोपाल रोकाया सहित ३ बढी परिवार एमालेमा प्रवेश गरेका छन् ।

बहालवाला वडा सदस्य सहित अन्य परिवारले समेत निर्वाचनको मुखमा एमालेलाई रोजेका हुन् । विगत लामो समयदेखि नेपाली काँग्रेसमा आस्थावान सिंगो परिवार सहित उनीहरु नेकपा एमालेमा प्रवेश गरेका हुन् । स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा लामो समय नेपाली काँग्रेसमा त्याग गरेका क्रियाशील सदस्यहरु धमाधम एमालेमा प्रवेश गर्न थालेपछि काँग्रेसबाट उम्मेदवार बनेकाहरु निराश बनेका छन् । 

गौमुल गाउँपालिकामा नेपाली काँग्रेसको भविष्य शुन्यमा झरेको र कुनै एजेन्डा नै नलिएर उम्मेदवारहरु जनताहरुका माझमा आएका कारण आफुले नेपाली काँग्रेसमा बसिरहन उचित नलागेको काँग्रेसबाट निर्वाचित वडा सदस्य गोपाल रोकायाले बताउनुभएको छ ।

जनताहरुलाई रिझाउने खालका कुनै पनि चुनावी प्रतिवद्धता समेत काँग्रेससंग नरहेका कारण आफ्नो भविष्य सहित एमालेको रोजेको उहाँको भनाई रहेको छ । वीपीको सपना पूरा नगरी आफ्नो व्यतिmगत सपना मात्र पूरा गर्ने काँग्रेस भित्र बाक्लो जमात रहेको आरोप नवप्रवेशीहरुले लगाएका छन् ।

आफु बहालवाला वडा सदस्य कायमै रहेको बेला समेत गौमुल गाउँपालिकामा एमालेको सरकारले सम्मानजनक बजेट विनियोजन गरेको प्रति आफु प्रभावित भएको बताउनुभएको छ । शक्तिको आडमा केन्द्र तथा प्रदेश सरकारले आफु अनुकूल कार्यकर्ताहरुलाई बजेट पोस्ने गरेको भएपनि गौमुल सरकारले ५ वर्षमा विकासमा निकै फड्को मार्नुका साथै २ नम्बर वडालाई सम्मान व्यवहार देखाएको बताउनुभएको छ । 

सोही वडाको जुरेली टोलका दिनेश रोकायाको सिंगो परिवार समेत नेकपा एमालेमा प्रवेश गरेको छ । नेपाली काँग्रेसको झुटो आश्वासनले घृणित बनेका परिवारहरु निर्वाचनमा सूर्यमै भोट दिने गरी एमालेमा प्रवेश गरेका हुन् । लामो समय काँग्रेसको रुखमै मतदान गरेका सिंगो परिवारले एमाले रोजेका हुन् । 

घरदैलो भेटघाट कार्यक्रमका अवसरमा नेकपा एमालेका उपसचिव हरि बहादुर रोकायाले बहालवाला वडा सदस्य सहित अन्य परिवारलाई एमालेमा प्रवेश गराउनु भएको हो । पार्टीमा समाहित गदैं उहाँले उचित सम्मान सहित कार्यकर्ताहरुको माग अनुसार व्यवस्थापन गरिने बताउनुभएको छ ।

पार्टीमा नियमित रुपमा क्रियाशील हुनुका साथै इमानका साथ लाग्न उहाँले नवप्रवेशीहरुलाई आग्रह गर्नुभएको छ । पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले गौमुल गाउँ कमिटी अध्यक्ष देव बहादुर रोकाया, गाउँ कमिटी सचिवालय सदस्य प्रकाश सार्की, १ नम्बर वडा कमिटी अध्यक्ष देव बहादुर रोकाया, गाउँ कमिटी सदस्य जोग बहादुर रोकाया लगायत नेता तथा कार्यकर्ताहरुको भव्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया