गाैमुल खबर डटकम शनिबार ०८, मङि्सर २०८१ ०९:०२

छेडेदह गोल्डकपमा पाँचौं पटक विजेता बन्यो कन्सर्न

छेडेदह गोल्डकप-२०८१
बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, कार्तिक १०, २०८१
छेडेदह गोल्डकपमा पाँचौं पटक विजेता बन्यो कन्सर्न

बाजुरा : जिल्लाको खप्तड छेडेदह गाउँपालिकाको आटीचौरमा संचालन भएको छैटौं संस्करण तथा छेडेदह गोल्डकप २०८१ को उपाधी कन्सर्न बाजुराले जितेको छ । समुहचरण र सेमी फाइनलबाट उपाधीका लागि फाइनमा पुगेको कन्सर्न बाजुराले बडीमालिका-९ लाई पराजित गर्दै पाँचौ पटक उपाधी हात पारेको हो ।

लगातार चार वर्ष उपाधी जित्दै आएको कन्सर्न बाजुरो यो पटक पनि उपाधी जितेको हो । आज भएको खेलमा कन्सर्न बाजुराले बडीमालिका-९ लाई ४-२ ले पराजित गरेको छेडेदह गोल्डकपमा खेल संयोजक कृष्ण ओलीले जानकारी दिएका छन् ।

खेल सुरु भएको ३० मिनेटमा कन्सर्न बाजुराका जीवन रावलले पहिलो १ गोल हानेका थिए । त्यसको लगत्तै ओमप्रकाश बोहराले १ गोल र हृदयन्द्र सिंहले  १ गोल गरेका थिए । खेलको दोस्रो हापमा सिंहले  १ गोल हान्दै ४ बनाएका थिए । भने बडीमालिका-९ का राजेश थापाले १ गोल र सुमन वि.क.ले १ गोल हानेका थिए ।

खेलको दोस्रो हापमा वि.क. र थापाले जवाफीमा कन्सर्न विरुद्ध दुई गोल हानेपनि कन्सर्नले ४ गोल हानेपछि उपाधी जितेको हो । यस भन्दा पहिले भएको छेडेदह गोल्डकप प्रतियोगितामा समुह चरणबाट नै बाहिरिदै आएको बडीमालिका–९ यो पटक फाइनलमा प्रवेश गरेको हो ।

अंक तालिकाका आधारमा कन्सर्न  बाजुरा र बडीमालिका देखिएपछि दुई वटै क्लवबीच फाइनलको प्रतिष्पर्धा भएको खेल संयोजक ओलीले बताए । असोज ३ गतेबाट सुरु भएको छेडेदह गोल्डकप प्रतियोगिता कार्तिक ९ गते समापन भएको हो ।

छेडेदह स्पोर्टस क्लवका अध्यक्ष लोकेन्द्र बहादुर खड्काको अध्यक्षतामा संचालन भएको कार्यक्रममा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया प्रमुख अतिथी रहेका थिए ।

खेलकुद समापन कार्यक्रममा बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानिँया,उप प्रमुख माया खड्का(कुँवर),खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दीलबहादुर रावत विशिष्ट अतिथी रहेका थिए । क्लवका सचिव लक्ष्मण ओलीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सहसचिव नरेश नाथले गरेका हुन् । 

प्रतिक्रिया