गाैमुल खबर डटकम आइतबार ०९, मङि्सर २०८१ ०२:२७

एमालेबाट पत्रकार थापा बनिन बडीमालिकाको उपप्रमुखको उम्मेदवार

गाैमुल खबर गाैमुल खबर
आइतबार, बैशाख ११, २०७९
एमालेबाट पत्रकार थापा बनिन बडीमालिकाको उपप्रमुखको उम्मेदवार

बाजुरा : पत्रकार नन्दा कुमारी थापा बडीमालिका नगरपालिकाको उपप्रमुखको उम्मेदवार बनेकी छन् । दशक लामो पत्रकारिता पेशालाई विश्राम दिएर थापा बाजुरा जिल्ला सदरमुकामको उपप्रमुखको उम्मेदवार बनेकी हुन् । 

नेपाल पत्रकार महासंघ बाजुराकी सचिव थापा प्रेस चौतारी नेपाल बाजुराको जिल्ला अध्यक्ष पनि हुन् । रेडियो बाजुराबाट पत्रकारिता सुरु गरेकी थापाले हाल रेडियो बार्जुमा कार्यरत थिईन् । रेडियो बाजुराको स्टेशन प्रबन्धक पदबाट एक महिना अघि नै राजिनामा दिएर थापा उम्मेदवार बन्ने आकांक्षा राखेकी थिईन् ।

नेकपा एमालेबाट २०७९ मा उम्मेदवार बनाएका चार जना उपप्रमुख र ५ जना उपाध्यक्ष मध्ये थापा सबैभन्दा कान्छी उम्मेदवार हुन् । राजधानी दैनिक सामुदायिक रेडियो सूचना नेटवर्क सिआइएन सहीतका मिडीयासँग आवद्ध थापा रेडियो पत्रकारिताबाटै समाजमा परिचीत र स्थापित छन् ।

रेडियो कार्यक्रम र समाचारमा राम्रो क्षमता राख्ने थापाले पत्रकारिता क्षेत्रबाटै राष्ट्रिय स्तरको सम्मान प्राप्त गरेकी छन् । स्नाकोक्तर तहमा अध्ययनरत थापाले सामाजिक समस्या र सवाललाई बर्षौदेखि उठान गर्दै आएकी छन् । 

बाल अधिकार, महिला अधिकारी, जातीय विभेद र सामाजिक न्यायका सवालमा रेडियो कार्यक्रम सञ्चार गर्ने र समाचार लेख्दै आएकी थापालाई बडीमालिका मात्र नभइ जिल्ला भित्र र बाहिरका श्रोता पाठकले राम्ररी चिन्ने गरेका छन् ।

लामो समय समाज विकास, सामाजिक न्याय, सामाजिक समस्याको वकालत र बहस पैरवी गर्ने हुँदा नेकपा एमाले बाजुराले थापालाई रणनीतिक उम्मेदवारका रुपमा अघि सारेको हो । समाजमा राम्रो प्रभाव राख्ने र परिचित पात्र भएकै कारण नेताहरुले थापालाई अघि सारेको बुझीएको छ ।

पत्रकार महासंघ, प्रेस चौतारी जस्ता संस्थाको नेतृत्व गरेको अनुभवले पनि काम गर्न सहज हुने विश्वास थापाको छ । राजनीतिमा आउने हतार थिएन्, मैले गर्ने पत्रकारिताले सवाल उठान गर्ने काम गर्यो, समाजलाई चिनायो, समाजको चित्र अध्ययन गर्ने अवसर दियो, अब ती सवाललाई समाधान गर्न उम्मेदवारी दिएको थापाको भनाई छ ।

पत्रकारिता क्षेत्रले मात्र होइन्, समाजका दुख बोल्ने मेरो जिम्मेवारीलाई पनि सबैले मूल्याकंन गरेर मतदान गर्न अपेक्षा राखेकी छु, प्रत्येक राजनीतिमा लागेर कार्यकर्ताको रुपमा सेवा गर्न नपाएपनि सामाजिक सवाललाई स्थापित गर्न र सामाजिक जागरणका लागि दशक लामो यात्रा र अनुभवको पनि मतदाताले सम्मान गर्ने थापाले विश्वास छ ।

पत्रकारिता क्षेत्रबाटै राजनीतिमा स्थापित अमर खड्काको टिममा रहेर काम गर्ने अवसर मिलेको छ, हामीले बुझेको समाज र समाज विकासको सपना सहीत सर्वसम्मत उम्मेदवारको रुपमा एमालेबाट चुनाव लड्न लागेको थापाको भनाई छ । थापाको प्रतिद्धन्द्धी नेपाली काँग्रेसबाट राधीका सिंहले उम्मेदवारी दिएकी छन् ।

प्रतिक्रिया