गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:४१
Dho

नेकपा (एमाले) गौमुल गाउँ कमिटीको स्थानीय तह घोषणा पत्र सार्वजनिक

“समृद्ध गौमुल, सुखी गौमुलबासी मुख्य नारा
बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, बैशाख ०९, २०७९
नेकपा (एमाले) गौमुल गाउँ कमिटीको स्थानीय तह घोषणा पत्र सार्वजनिक

स्थानीय तह निर्वाचनलाइ लक्षित गर्दै नेकपा एमालेले आज घोषणापत्र सार्वजनिक गरेको छ । नेकपा एमाले गौमुल गाउँ कमिटीले स्थानीय तह घोषणा पत्र सार्वजनिक गरिएको छ ।

यहीँ वैशाख ३० गते हुने स्थानीय तहको चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रम आज सम्पन्न भएको गाउँ कमिटी अध्यक्ष देव बहादुर रोकायाले बताउनुभएको छ ।

नेकपा एमालेको केन्द्रीय सर्कुलर तथा निर्देशन अनुसार आज गौमुल गाउँ कमिटीले समेत घोषणा पत्र सार्वजनिक गरिएको हो । यसअघि गौमुल सरकारले गर्न नसकेका अधुरा काम र अब आउने सरकारले पनि पार्टीले जारी गरेको घोषणा पत्र मार्गनिर्देशन गर्ने नेकपा एमालेका उपसचिव हरि बहादुर रोकायाले बताउनुभएको छ । 

घोषणा पत्रमा विकासका ५ वटा क्षेत्रलाई विभाजन गरिएको छ । एमाले गौमुल गाउँ कमिटीले आयोजना गरेको प्रतिवद्धता पत्र सार्वजनिक तथा स्थानीय तह निर्वाचन ०७९ को चुनावी घोषणापत्र आज सार्वजनिक गरिएको हो ।

“समद्ध गौमुल, सुखी गौमुलबासी मुख्य नारा लिएर घोषणा पत्र सार्वजनिक गरिएको छ । कार्यक्रममा स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि, यातायात, सञ्चार, पर्यटनलाई बढी जोड दिएर काम गर्ने प्रतिवद्धता पत्र सहितको घोषणा पत्र सार्वजनिक नेकपा एमाले उपसचिव हरि बहादुर रोकायाले गर्नुभयो । 

No description available.

लोकप्रिय घोषणा पत्र सहित नेकपा एमाले गौमुल गाउँ कमिटीले घोषणा पत्र आज सार्वजनिक गरेको छ । स्थानीय तह निर्वाचन ०७९ को चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा रोकायाले अब निर्वाचन आउन २१ दिन मात्र बाकी रहेकोले नेकपा एमालेलाई फेरि पनि गौमुल गाउँपालिकामा ५ वर्षसम्म सरकारमा पठाउन मतदाताहरुलाई आग्रह गर्नुभएको छ ।

नेकपा एमालेले जिते मात्र विकास सम्भव हुने बताउँदै अब कसैले पनि अलमलिनु पर्ने अवस्था नरेहेको बताउनुभएको छ । निर्वाचन नजिकिदै गएकोले सबैले नेकपा एमालेलाई जिताउन एकजुट भएर लाग्न आग्रह गनुभएको छ । साथै बैठकमा गौमुल गाउँपालिकाले पाँच वर्षको अवधिमा गरेका कामहरुको प्रगतिको वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो । 

No description available.

घोाषणा पत्र सार्वजनिक कार्यक्रममा एमाले बाजुराका उपसचिव हरि बहादुर रोकाया, जिल्ला कमिटी सदस्य तुलसीराम रोकाया, वीरेन्द्र बहादुर रोकाया, सीता थापा, गोरख बोहरा, कर्ण बुढा, पारु विक, धनलक्ष्मी जोशी, जगदेवी रोकाया र गाउँ कमिटीका पदाधिकारी, वडा कमिटीका अध्यक्ष, एमालेबाट २०७४ सालको निर्वाचनमा निर्वाचित जनप्रतिनिधी लगायत कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 
 

प्रतिक्रिया