बाजुरा : नेकपा एमाले गौमुल गाउँ कमिटीको बैठक सुरु भएको छ । यहीँ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन केन्द्रीत बैठक घट्मुनामा सुरु भएको हो ।
आजको बैठकमा नेकपा एमाले गौमुल गाउँ कमिटीले स्थानीय तह निर्वाचनको प्रतिवद्धता पत्र सार्वजनिक गरिने भएको गाउँ कमिटी अध्यक्ष देवबहादुर रोकायाले बताएका छन् ।
बैठकमा नेकपा एमाले गाउँ कमिटीको प्रतिवद्धता समेत सार्वजनिक गरिने उनले बताए । उक्त प्रतिवद्धता पत्र नेकपा एमाले बाजुराका उपसचिव हरि बहादुर रोकायाले प्रस्तुत गर्नुहुने भएको छ । साथै बैठकमा गौमुल गाउँपालिकाले पाँच वर्षको अवधिमा गरेका कामहरुको प्रगतिको वृत्तचित्र समेत प्रस्तुत गरिने भएको छ ।
बैठकमा एमाले बाजुराका उपसचिव हरि बहादुर रोकाया, जिल्ला कमिटी सदस्य तुलसीराम रोकाया, वीरेन्द्र बहादुर रोकाया, सीता थापा, गोरख बोहरा, कर्ण बुढा, पारु विक, धनलक्ष्मी जोशी, जगदेवी रोकाया र गाउँ कमिटीका पदाधिकारी, वडा कमिटीका अध्यक्ष, एमालेबाट २०७४ सालको निर्वाचनमा निर्वाचित जनप्रतिनिधी लगायतको सहभागिता रहेको छ ।
प्रतिक्रिया