गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:३७
Dho

गौमुल गाउँपालिकामा चुनावको मुखैमा एमाले प्रवेश गर्नेको लहर

काँग्रेस विस्तारै सुक्दैं
बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, बैशाख ०९, २०७९
गौमुल गाउँपालिकामा चुनावको मुखैमा एमाले प्रवेश गर्नेको लहर

स्थानीय तहको चुनाव आउन अब २१ दिन बाँकी रहदाँ गौमुल गाउँपालिकामा एमालेमा प्रवेश गर्नेको लर्को लागेको छ ।

विगत लामो समयदेखि नेपाली काँग्रेसमा आस्थावान गौमुल गाउँपालिका २ मल्दुगुनका हरि बहादुर बुढा एमालेमा प्रवेश गरेका हुन् । विगत लामो समय देखि नेपाली कांग्रेसको क्रियाशील सदस्य सहित सक्रिय कार्यकर्ताको रुपमा रहेका बुढाले एमाले राजेका हुन् । 

गौमुल गाउँपालिकामा एमाले बाहेक अन्य कुनै पनि शक्तिको भविष्य नरहेको निष्कर्ष सहित एमालेमा प्रवेश गरेका हुन् ।  
नवप्रवेशीलाई नेकपा एमालेका उपसचिव हरि बहादुर रोकायाले पार्टीमा समाहित गरेका हुन् । नेपाली काँग्रेसको गौमुल गाउँपालिमा भविष्य शुन्यमा झरेको बताउँदै आफु सहित सिंगो परिवारले नेकपा एमाले रोजेको नवप्रवेशी हरि बहादुर बुढाले बताएका छन् ।

नवप्रवेशीलाई समाहित गदैं नेकपा एमालेका उपसचिव हरि बहादुर रोकायाले उचित सम्मान सहित व्यवस्थापन गर्ने बताएका छन् ।
 May be an image of 4 people and people standingपार्टीको सिद्धान्त र विचार अनुसरण गरेर र आफुहरुको काम प्रति प्रभावित भएर आउने सबैलाई पार्टीले उचित मुल्याङ्गकन गर्ने बताएका छन् । पछिल्लो समय गौमुल गाउँपालिकामा एमाले रोज्नेहरु विस्तारै बढ्दै गएका छन् । यता कार्यकर्ताहरुले स्थानीय चुनावमा आफुहरु बहुमतका साथ जित्ने बताएका छन् । 

प्रतिक्रिया