गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:२३
Dho

(एमाले) बाजुराका ३ वटा पालिका अधिवेशन सर्वसम्मत

गौमुल र जगन्नाथमा वडा अधिवेशन सकिए
बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, असार ०५, २०८१
(एमाले) बाजुराका ३ वटा पालिका अधिवेशन सर्वसम्मत

बाजुरा : नेकपा (एमाले) बाजुराले ३ वटा पालिका अधिवेशन सर्वसम्मत रुपमा सम्पन्न गरेको छ । आठौं जिल्ला अधिवेशन सकिए लगत्तै सुरु भएका गाउँ तथा नगर कमिटीका अधिवेशन सुरु भएको पार्टी जिल्ला अध्यक्ष लाल बहादुर ओलीले बताएका छन् ।

गत ज्येष्ठ ७ गते पार्टी जिल्ला अधिवेशन सकिएपछि (एमाले) गाउँ तथा नगर कमिटीका अधिवेशन गर्न केन्द्रीत बनेको हो । हालसम्म गौमुल गाउँपालिका, जगन्नाथ गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिकामा अधिवेशन सम्पन्न भएका छन् ।

अन्य पालिका कमिटीहरुमा पार्टीको संगठित सदस्यता नवीकरण सम्पन्न भएर प्रतिवेदन पार्टी जिल्ला कमिटीमा पेश गरिएका छन् । जिल्ला स्थानीय सरकारहरुले असार १० गतेभित्र नीति, कार्यक्रम र बजेट ल्याउनुपर्ने भएका कारण बाँकी पालिका अधिवेशन ढिलो हुने पार्टी सचिव काँशी विकले बताएका छन् ।

गौमुल गाउँपालिका र जगन्नाथ गाउँपालिकाका सबै वडा अधिवेशन समेत सम्पन्न भएका छन् । त्यस्तै २ वडा खप्तड छेडेदह गाउँपालिकामा र २ वडा स्वामीकार्तिक खापर गाउँपालिकामा सम्पन्न भईसकेका छन् ।

यो बेला कामको बढी चाप समेत भएका कारण अधिवेशन नभएका पालिकाहरुमा अलि ढिलो हुने गरी तयारी थाल्न निर्देशन सहित पार्टी जिल्ला कमिटीले सर्कुलर गरिसकेको छ । 


 

प्रतिक्रिया