गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:३५
Dho

पार्टीको विश्वास र भरोसा सदा जीवित राखौं : उपसचिव रोकाया

वडा कमिटी अध्यक्षमा प्रकाश रोकाया सर्वसम्मत
गाैमुल खबर गाैमुल खबर
सोमबार, असार ०४, २०८१
पार्टीको विश्वास र भरोसा सदा जीवित राखौं : उपसचिव रोकाया

बाजुरा : नेकपा (एमाले) जिल्ला कमिटी उपसचिव हरि बहादुर रोकायाले पार्टीको विश्वास भरोसा सदा जीवित राख्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ । आज एमाले ६ नम्बर वडा कमिटीको दोस्रो वडा अधिवेशनको सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

आम नेता तथा कार्यकर्ताहरुले एकताका साथ पार्टी संगठन निर्माणमा लाग्न आग्रह गर्नुभएको छ । पार्टीभित्र एकले अर्काको भावना बुझेर नीति, नियम र सिद्धान्त अनुसार अघि बढ्नुपर्ने सुझाव दिनुभएको छ ।

पार्टी देशव्यापी आन्तरिक अधिवेशनमा हुमिएका कारण सबै कमिटीका अधिवेशन सकेर मिसन ८४ मा स्थायी सरकार एमालेको बनाउने गरी लाग्न निर्देशन दिनुभएको छ ।

स्थानीय सरकारले गरेका कतिपय गतिविधिहरुलाई नजिकबाट नियालेर सुझाव, सल्लाह दिन अनुरोध गर्दै बजेट अभावले चाहे जस्तो काम गर्न नसकिएको बताउनुभएको छ ।

कार्यक्रममा बोल्दै जिल्ला कमिटी सदस्य सीता थापाले कुनै पनि मनमुटाव बिना पार्टी संगठन निर्माणमा भूमिका आम नेता तथा कार्यकर्ताले खेल्नुपर्नेमा जोड दिनुभएको छ ।

एकले अर्कोको कुरा काट्ने र एकता नहुने प्रवृत्ति भएमा समग्र सबैलाई फाइदा नहुने समेत स्मरण गराउनुभएको छ । कार्यक्रममा (एमाले) जिल्ला कमिटी सदस्य गीता रोकाया, गाउँ कमिटी उपसचिव कलक बहादुर रोकाया, प्रकाश रोकाया लगायतले मन्तव्य राख्नु भएको थियो ।

वडा कमिटी अध्यक्ष कलक चदाँराको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा (एमाले) जिल्ला कमिटी उपसचिव हरि बहादुर रोकाया रहनुभएको थियो । वडा अधिवेशन कार्यक्रममा वडा भरिका एमालेमा आस्थावान नेता तथा कार्यकर्ताहरुको बाक्लो सहभागीता रहेको थियो ।

वडा कमिटी अध्यक्षमा प्रकाश रोकाया सर्वसम्मत

नेकपा (एमाले) गौमुल गाउँपालिका ६ नम्बर वडा कमिटीको अध्यक्षमा प्रकाश रोकाया सर्वसम्मत चयन भएका छन् । वडा कमिटीको दोस्रो अधिवेशनबाट उपाध्यक्ष भीमा रोकाया, सचिवमा तिलक विक, उपसचिवमा राम बहादुर विक, बिरु विक, सदस्य ज्ञामा विक लगायत ३१ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन भएको निर्वाचन मण्डलका सदस्य श्याम बहादुर रोकायाले बताएका छन् । वडा कमिटीको नयाँ नेतृत्व चयन भएसंगै वडामा पार्टी संगठन बलियो हुने कितपय कार्यकर्ताहरुको विश्वास रहेको छ । 

प्रतिक्रिया