गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:१३
Dho

एमाले जगन्नाथ गाउँ कमिटीमा सर्वसम्मत नेतृत्व चयन

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, जेठ २७, २०८१
एमाले जगन्नाथ गाउँ कमिटीमा सर्वसम्मत नेतृत्व चयन

बाजुरा : नेकपा (एमाले) जगन्नाथ गाउँ कमिटीमा नेतृत्व सर्वसम्मच चयन गरिएको छ । गाउँ कमिटीको नेतृत्व सर्वसम्मत भएको हो । नेकपा (एमाले) जिल्ला कमिटीको आठौं जिल्ला अधिवेशन सकिए लगत्तै जिल्लाका ९ वटै गाउँ तथा नगर कमिटीको नेतृत्व चयन गर्ने प्रक्रिया सुरु गरिएको पार्टी अध्यक्ष लालबहादुर ओलीले बताएका छन् ।

नेकपा (एमाले) जगन्नाथ गाउँ कमिटीको दोस्रो अधिवेशनबाट नन्द बहादुर शाह अध्यक्ष, बलकर्ण शाही उपाध्यक्ष, टक्क कामी सचिव, गौरीलाल विष्ट र जौकला विष्ट उपसचिवमा सर्वसम्मत चयन भएको बताईएको छ । पदाधिकारी देखि सदस्य गरी ७५ जनाको कमिटी नै सहमति अनुसार सर्वसम्मत चयन भएको छ ।

जगन्नाथ गाउँ कमिटीको गत ज्येष्ठ २३ गते नेकपा (एमाले) स्थायी कमिटी सदस्य कर्ण बहादुर थापा, केन्द्रीय सदस्य लालबहादुर थापा लगायत जिल्ला तहका नेताहरुले अधिवेशनको उद्घाटन गरेका हुन् । नेताहरुले सबै कमिटीको सहमति अनुसार नेतृत्व सर्वसम्मत गर्न निर्देशन गरेका छन् । 

प्रतिक्रिया