गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:२६
Dho

संसदमा सुहाङको पहिलो मन्तव्य- बजेटले जनतामा आशा जगाउनुपर्छ

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, जेठ २२, २०८१
संसदमा सुहाङको पहिलो मन्तव्य- बजेटले जनतामा आशा जगाउनुपर्छ

काठमाडौं : नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले जनतालाई विश्वास दिलाउने गरी बजेटको कार्यान्वयन हुनुपर्ने बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा उनले हरेक वर्ष सार्वजनिक हुने बजेटले जनतामा केही आशा जाग्ने गरेपनि कार्यान्वयन नहुँदा सो आशा निराशमा परिणत हुने अवस्थाको अन्त्य हुनुपर्ने बताए। बजेट देशको एक वर्षको योजना र कार्यक्रम भएकाले यस विषयमा निक्कै गम्भीर हुनुपर्ने उनले बताए।

उनले आफू नयाँ सांसद् भएकाले जनताहरूको आफूहरू प्रतिको आशा, विश्वास र भरोसा पनि आलो नै भएको बताए। नेम्वाङले अहिलेको समस्या भ्रष्टाचार हो कि, संरचनागत त्रुटि हो वा राजनीतिक अस्थिरता हो भन्ने कुराको समीक्षा गर्नुपर्ने बताए।

उनले आफ्ना पिता सुवास नेम्वाङले देखाएको बाटोलाई अवलम्वन गर्दै देश र जनताका काममा लाग्ने प्रतिवद्धता जनाए। इलाम क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित स्वर्गीय सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङले मंगलबार पहिलो पटक सदनमा मन्तव्य दिएका थिए।

प्रतिक्रिया