गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:३१
Dho

बुढीनन्दा नगरपालिकाको सिमगाड जलविद्युतको नहर भत्कियो

अध्यारोमा बस्नुपर्ने बाध्यता
गाैमुल खबर गाैमुल खबर
शनिबार, जेठ १२, २०८१
बुढीनन्दा नगरपालिकाको सिमगाड जलविद्युतको नहर भत्कियो

बाजुरा : अविर वर्षाका कारण बुढीनन्दा नगरपालिका–३ मा रहेको सिमगाड लद्यु जलविद्युतको नहर भत्किएको छ । शुक्रबार राती आएको वर्षासंगै बड्डीगाड खोलाको पानीको वहाप बढेपछि विद्युतको नहर भत्किएको हो ।

मिमगाड लद्यु जलविद्युतको मुहान सहीत नहर बगाउँदा विद्युत सेवा अवरुद्ध भएको जलविद्युत उपभोक्ता समितिका सचिव विष्नु बुढाले जानकारी दिएका छन् । खोलाले मुहान भत्काएपछि विद्युत सेवा अवरुद्ध भएको र मुहान निर्माण गर्न धेरै समय लाग्ने उनले बताए ।

वडा नं.३ का ३ सय परिवारले बाल्दै आएको विद्युत अवरुद्ध भएपछि अध्यारोमा बस्नुपर्ने बाध्यता भएको विद्युतका अध्यक्ष रंगलाल बोगटीले बताएका छन् । डाडाँबाडा, मेल्डुस्का, सिरा, जैलु, चोलु, भिडीगाउँ र लौडा रुख सम्मका स्थानीयले अध्यारोमा बस्नु परेको उनले बताए ।    

प्रतिक्रिया