गाैमुल खबर डटकम शुक्रबार २१, कार्तिक २०८३ ०७:५१

घट्मुना-बसाला-टाँडाकोट सडक मर्मत हुँदै, जोखिमयुक्त क्षेत्रमा आवतजावत नगर्न वडाको आग्रह

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, कार्तिक २१, २०८३
घट्मुना-बसाला-टाँडाकोट सडक मर्मत हुँदै, जोखिमयुक्त क्षेत्रमा आवतजावत नगर्न वडाको आग्रह

बाजुरा ःगौमुल गाउँपालिका-६ को वडा कार्यालयले घट्मुनादेखि बसाला हुँदै टाँडाकोट जोड्ने सडकखण्डको मर्मत तथा सुधार कार्य सञ्चालन हुने भएकाले स्थानीय बासिन्दा तथा सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

वडा कार्यालयले शुक्रबार एक अत्यन्त जरुरी सूचना जारी गर्दै सडक मर्मतका क्रममा ढुङ्गा, माटो तथा अन्य निर्माण सामग्री खस्न सक्ने र दुर्घटनाको जोखिम रहने भएकाले अर्को सूचना जारी नभएसम्म सडकको तल्लो भाग तथा जोखिमयुक्त क्षेत्रमा आवतजावत नगर्न अनुरोध गरेको हो ।

सडक मर्मतका क्रममा हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै सडक आसपासका बासिन्दालाई विशेष सावधानी अपनाउन, आफ्ना घरपरिवार तथा बालबालिकालाई जोखिमयुक्त क्षेत्रबाट टाढा राख्न वडा कार्यालयले आग्रह गरेको छ ।

त्यस्तै, सडक मर्मत कार्यलाई सुरक्षित, व्यवस्थित र प्रभावकारी रुपमा सम्पन्न गर्न सम्बन्धित सबै पक्षलाई आवश्यक सहयोग तथा समन्वय गरिदिन पनि अनुरोध गरिएको छ ।

सूचनाको बेवास्ता गरी निषेधित तथा जोखिमयुक्त क्षेत्रमा आवतजावत गर्दा कुनै दुर्घटना वा अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी सम्बन्धित व्यक्ति स्वयंले लिनुपर्ने वडा कार्यालयले जनाएको छ ।

वडा अध्यक्ष प्रकाश बहादुर रोकायाद्वारा जारी सूचना मार्फत सडक मर्मत कार्य अवधिभर सबैलाई सचेत, सुरक्षित र जिम्मेवार बन्न आग्रह गरिएको छ ।

प्रतिक्रिया