गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:१८
Dho

बाजुरामा जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, जेठ ११, २०८१
बाजुरामा जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बाजुरा : बाजुरामा जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा जगन्नाथ गाउँपालिका–३ का २८ वर्षीय मदन ढोलीलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

ढोलीले ती किशोरीलाई पीडितकै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी धुलाचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया