गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:५८
Dho

समावेशी टिम बन्याे ओलीको, थापा र ओलीबीच प्रतिस्पर्धा हुँदै

गाैमुल खबर गाैमुल खबर
शनिबार, जेठ ०५, २०८१
समावेशी टिम बन्याे ओलीको, थापा र ओलीबीच प्रतिस्पर्धा हुँदै

बाजुरा : नेकपा एमाले बाजुराको नयाँ नेतृत्वका लागि अन्तत चुनाव हुने भएको छ । सहमतिका लागि भएका प्रयास असफल भएपछि चुनाव हुनलागेको हो ।

नेकपा एमाले बाजुराको इतिहासमा पहिलो पटक निर्वाचन हुन लागेको हो । चुनाव हुने निश्चित भएपछि प्रष्ट टिम सहितको उम्मेदवारी देखिएको छ । बाजुरामा स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र केन्द्रीय सदस्य लालबहादुर थापाको घोषित प्यानल छ ।

कर्ण थापाले भरत थापालाई अध्यक्षमा अघि सारेका छन् । भने लालबहादुर थापाले लालबहादुर ओलीलाई अघि सारेका छन् । भरत थापाको टिमबाट उपाध्यक्षमा मेघराज शाही, सचिव जनक विष्ट, उपसचिव मानबहादुर रोकाया अर्जुन र कल्पना साउँद उम्मेदवार बनेका छन् । 

यता लाल बहादुर ओलीको टिमबाट उपाध्यक्षमा जनक कुमार बोहरा, सचिवमा काशीबहादुर विक, उपसचिव हरि रोकाया र राजकला सार्की छन् । विष्णु अयडिले पनि उपसचिवमा उम्मेदवारी दिएका छन् । उनी कर्ण थापा निकट हुन् । 

भरत थापाको टिम भन्दा ओली टिममा अटाएका अनुहारहरु तुलनात्मक रुपमा यस अघि चर्चामा रहेका  अनुहार हुन् । ओली स्थायी जागिर छोडेर सामाजिक रुपान्तरणको अभियानमा ३ दशक बिताएका छन् । बाजुराको सामाजिक रुपान्तरण र विकासमा ओलीको ठूलो योगदान छ ।

ओलीलाई नेपालको नम्बर वान पत्रिका कान्तिपुरले विकासमा योगदान पुर्याए वापत हिरो अफ दि यअर घोषणा गरेको थियो । उपाध्यक्षका उम्मेदवार बोहरा बुढीनन्दा नगरपालिकाका मेयर हुन् । भने उपसचिवका उम्मेदवार हरि रोकाया गाैमुल गाउँपालिकाका अध्यक्ष हुन् । उपसचिव राजकला सार्की पनि हिमाली गाउँपालिकाकी उपाध्यक्ष हुन् । सचिवका उम्मेदवार काशी विक यस अघिको प्रदेश सभाको समानुपातिक सूचिमा अटाएका उम्मेदवार हुन् । 

उता भरत थापाको तर्फबाट उपाध्यक्ष बनेका मेघराज शाही स्वामीकार्तिकका चर्चित युवा हुन उनि कर्ण थापा ६ महिने मन्त्री कार्यकालका स्वकिय सचिव पनि थिए । सचिव जनक विष्ट र उपसचिव मानबहादुर रोकाया अर्जुन हाल पार्टीका सचिवालय सदस्य हुन भने उपसचिव कल्पना महत जिल्ला कमिटी सदस्य हुन् । 

एमालेले जितेका ६ वटा पालिका मध्ये ५ र हिमालीका उपाध्यक्ष सहितको समर्थन पनि ओलीकै टिमलाई  छ । टिममा अटाएका अनुहार, जनसमर्थन र पार्टि कमिटीको भूमिकाले ओली नेतृत्वको पदाधिकारी टिम अब्बल देखिएको ओली निकट नेताहरूकाे दावि छ । बाजुरा लालबहादुर थापाको प्रभाव रहेको दाबी गरिदै आएकोमा यो पटक चुनावबाटै सावित गर्नु दाउमा छन् । ओली टिमलाई लालबहादुर थापा र कालीबहादुर शाहीको समर्थन छ। शाही कोल्टी क्षेत्रमा राम्रो छाप राख्ने नेता हुन् । 

भरत थापाको टिमलाई स्थायी कमिटी सदस्य कर्णबहादुर थापा केन्द्रिय सदस्य सहदेव बोगटी, प्रकाश शाहले समर्थन गरेका छन् । पालिकाको हिसाबमा गाैमुल, बडीमालिका, खप्तड छेडेदह, हिमाली, बुढीनन्दा र जगन्नाथमा बलियो पकड छ । रंगमान शाही रेस बाहिर परेपछि स्वामिकार्तिक पनि अलमलमा  देखिएको छ । भरत थापाको पकडमा बुढीगंगा ,त्रिवेणि रहेकाे देखिन्छ  ।

प्रतिक्रिया