गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:५२
Dho

संसदमा कांग्रेस कराएकाे सुनिरहन तयार छैनौं : ओली

गाैमुल खबर गाैमुल खबर
बुधबार, जेठ ०२, २०८१
संसदमा कांग्रेस कराएकाे सुनिरहन तयार छैनौं :  ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले गरेको संसद अवरोधको प्रतिरोध गर्ने बताएका छन् । धबार पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेस कराइरहने र आफूहरु सुनिरहने स्थिति नरहने बताए ।

‘नेपाली कांग्रेसले बकबास बोलिरहने हामी सुनिरहने होइन’ उनले भने, ‘यस्तो हुन्छ ? …अब बकबास सुनिरहन हामी तयार छैनौं । चाहिने कुरा गरे हुन्छ नि । यतै टोक्या छ, उतै टोक्या छ, यो के तरिका हो ?’

कांग्रेसले संसद र सांसदहरुको बहुमूल्य समय नष्ट पारिरहेको भन्दै ओलीले भने, ‘यो देशको बहुमूल्य समय खेर फाल्न हुँदैन, संसद सुचारु हुनुपर्छ ।’

ओलीले अब संसदमा कांग्रेसलाई बोल्न नदिने बताए । उनले संसदमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बोल्ने र उनले बोल्न नपाए एमालेले बोल्ने दाबी गरे ।

अध्यक्ष ओलीले भोलिदेखि एमाले सांसदहरु बहस गर्न तयार भएर संसदमा जाने बताए । ‘हामी बहस गर्न तयार भएर जान्छौं, संसदमा भोलिदेखि हामीले बहस गर्न पाउनुपर्छ, अरु कुरा छैन’, उनले भने । 

प्रतिक्रिया