गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ ०९:५१
Dho

बाजुरामा बाढीमा परेर ११ भेडा मरे, मार्तडी-कोल्टी खडक खण्ड अवरुद्ध

विद्यालयको २ काेठे भवनमा क्षति
गाैमुल खबर गाैमुल खबर
बुधबार, बैशाख २६, २०८१
बाजुरामा बाढीमा परेर ११ भेडा मरे, मार्तडी-कोल्टी खडक खण्ड अवरुद्ध

बाजुरा : बाजुरामा असिनापानीसंगै आएको बाढीमा परेर बुढीनन्दा नगरपालिकामा ११ भेडा मरेका छन् । भने ९ भेडा हराएको छन् । मंगलबार बेलुका हावाहुरीसंगै आएको असिनापानीले सोही नगरपालिका–३ का स्थानीय श्याम रोकायाका ४ र अर्का स्थानीयका ७ भेडा मरेका र ९ भेडा हराएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

हावाहुरीसहित आएको असिनापानीले बाजुराको जनजीवन प्रभावित भएको छ । वर्षादका कारण मार्तडी-कोल्टी सडक खण्ड समेत अवरुद्ध भएको छ । मार्तडी-कोल्टी सडक अन्र्तगत बुढीनन्दा नगरपालिका–१० पाण्डुसैनदेखि ५ र ७ वडा गरी ५ किलोमिटर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक किशोरसिंह ऐरीले जानकारी दिएका छन् ।

असिनापानीसंगै आएको बाढीले अवरुद्ध भएको खडक खण्ड सुचारु गर्न अझै केहीदिन लाग्ने उनले बताए । तत्काल नभएपनि मौसम सफा भए आवश्यक पहल गरी अवरुद्ध सडक सुचारु गर्न सकिने उनको भनाइ छ ।

जिल्ला सदरमुकाम मार्तडीबाट उत्तरी भेगका ४ पालिका बुढीनन्दा नगरपालिका, हिमाली गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिका जोड्ने सडक अवरुद्ध भएपनि आवतजावत र सामान ढुवानीमा समस्या भएको प्रहरी निरीक्षक ऐरी बताएका छन् । 

त्यस्तै बुढीनन्दाकै वडा नं.७ स्थित चाटाबगरमा २ कोठे नीजि विद्यालयको भवन असिनापानीसंगै आएको बाढीले क्षति गरेको स्थानीय दिपक मल्लले जानकारी दिएका छन् । चाईल्ड डेभलोभमेन्ट स्कुल भवन र भान्छा कोठा बाढीले बगाएको उनले बताए । 

असिनापानीले सोही ठाउँमा हिउँदेबाली र तरकारीमा क्षति पुर्याएको छ । बाजुरामा यस वर्ष हावाहुरीले कयौंका घरछाना उडाएको छ । भने असिनापानीले हिउँदे बाली सखाप पारेको छ ।

प्रतिक्रिया