गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:५२
Dho

सोमबार ६९ वडामा एकसाथ अधिवेशन प्रतिनिधि छनोट गर्दै एमाले

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, बैशाख २४, २०८१
सोमबार ६९ वडामा एकसाथ अधिवेशन प्रतिनिधि छनोट गर्दै एमाले

बाजुरा : नेकपा एमाले बाजुराले नौ वटै स्थानीय तहका ६९ वटा वडामा एकसाथ प्रतिनिधि छनोट गर्ने भएको छ । पार्टी जिल्ला कमिटीले बनाएको प्रतिनिधि मापदण्ड अनुसार सोमबार एकै दिन सबै वडाबाट प्रतिनिधि छनोट हुने सचिव काशी विकले जानकारी दिएका छन् ।

वडाबाट एमालेको आठौं जिल्ला अधिवेशनका लागि करिब २ सय ६० बढी प्रतिनिधि छनोट हुने अनुमान गरिएको छ । ११ हजार ६ सय ६७ जना पार्टी संगठित सदस्य मध्येबाट प्रतिनिधि छनोट हुने भएका छन् ।

त्यसका लागि ७५ जना सदस्य बराबर खुलातर्फ १ जना, ५० जना दलित बराबर १ जना र १५ जना जनजाति बराबर १ जना प्रतिनिधि छनोट गर्ने मापदण्ड तय गरिएको छ ।

सोही मापदण्ड अनुसार करिब २ सय ६० बढी प्रतिनिधि वडाबाटै आउने अनुमान गरिएको छ । त्यो बाहेक १ सय १ सदस्यीय जिल्ला कमिटी, १८ वटा जनसंगठनका प्रतिनिधि, १ वटा बाजुरा काठमाडौं सम्पर्क कमिटीबाट २ जनाका दरले ३८ जना थप प्रतिनिधि हुनेछन् ।

भने सल्लाहकार परिषद्बाट कुल कमिटी संख्याको २५ प्रतिशतले प्रतिनिधि आउन पाउने व्यवस्था छ । त्यस अनुसार पनि २३ देखि २५ जनाको संख्यामा प्रतिनिधि आउने अनुमान गरिएको छ ।

आठौं जिल्ला अधिवेशनमा करिव साढे ४ सयको संख्यामा प्रतिनिधि आउने नेकपा एमाले बाजुराले बताएको छ । प्रतिनिधि वडा स्तरबाट सबैभन्दा बढी बुढीनन्दा र सबैभन्दा कम हिमाली गाउँपालिकाबाट आउने भएका छन् ।

पार्टी संगठित सदस्यको संख्याको आधारमा पालिकाबाट प्रतिनिधी आउने छन् । यो अवस्था हेर्दा बुढीनन्दा नगरपालिकामा सबैभन्दा बढी सदस्य संख्या रहेको छ ।

त्यसपछि गौमुल गाउँपालिका, बडीमालिका नगरपालिका, जगन्नाथ गाउँपालिका, बुढीगंगा नगरपालिका, स्वामीकार्तिक खापर गाउँपालिका, खप्तड छेडेदह गाउँपालिका, त्रिवेणी नगरपालिका र हिमाली गाउँपालिका संगठित सदस्य संख्या रहेको छ ।

प्रतिक्रिया