गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:००
Dho

वैशाख २४ गते ६९ वडामा एकसाथ अधिवेशन प्रतिनिधि छनोट गर्दै एमाले बाजुरा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, बैशाख २३, २०८१
वैशाख २४ गते ६९ वडामा एकसाथ अधिवेशन प्रतिनिधि छनोट गर्दै एमाले बाजुरा

बाजुरा : नेकपा एमाले बाजुराले नौ वटै स्थानीय तहका ६९ वटा वडामा एकसाथ प्रतिनिधी छनोट गर्ने भएको छ । पार्टी जिल्ला कमिटीले बनाएको प्रतिनिधी मापदण्ड अनुसार एकै दिन सबै वडाबाट प्रतिनिधी छनोट हुने सचिव काशी विकले जानकारी दिएका छन् । वडाबाट एमालेको आठौं जिल्ला अधिवेशनका लागि करिब २ सय ६० बढी प्रतिनिधी छनोट हुने अनुमान गरिएको छ । 

११ हजार ६ सय ६७ जना पार्टी संगठित सदस्य मध्येबाट प्रतिनिधी छनोट हुनेछन् । त्यसका लागि ७५ जना सदस्य बराबर खुला तर्फ १ जना, ५० जना दलित बराबर १ जना र १५ जना जनजाती बराबर १ जना प्रतिनिधी छनोट गर्ने मापदण्ड तय गरिएको छ । सोही मापदण्ड अनुसार करिब २ सय ६० बढी प्रतिनिधी वडाबाटै आउने अनुमान गरिएको छ । 

त्यो बाहेक १ सय १ सदस्यीय जिल्ला कमिटी, १८ वटा जनसंगठनका प्रतिनिधी, १ वटा बाजुरा काठमाडौं सम्पर्क कमिटीबाट २ जनाका दरले ३८ जना थप प्रतिनिधी हुनेछन् । भने सल्लाहकार परिषद्बाट कुल कमिटी संख्याको २५ प्रतिशतले प्रतिनिधी आउन पाउने व्यवस्था छ । त्यस अनुसार पनि २३ देखि २५ जनाको संख्यामा प्रतिनिधी आउने अनुमान गरिएको छ । 

आठौं जिल्ला अधिवेशनमा करिब साढे ४ सयको संख्यामा प्रतिनिधी आउने नेकपा एमाले बाजुराले बताएको छ । प्रतिनिधी वडा स्तरबाट सबैभन्दा बढी बुढीनन्दा र सबैभन्दा कम हिमाली गाउँपालिकाबाट आउनेछन् । पार्टी संगठीत सदस्यको संख्याको आधारमा पालिकाबाट प्रतिनिधी आउने छन् । यो अवस्था हेर्दा बुढीनन्दा नगरपालिकामा सबैभन्दा बढी सदस्य संख्या छ ।

त्यसपछि गौमुल गाउँपालिका, बडीमालिका नगरपालिका, जगन्नाथ गाउँपालिका, बुढीगंगा नगरपालिका, स्वामीकार्तिक खापर  गाउँपालिका, खप्तड छेडेदह गाउँपालिका, त्रिवेणी नगरपालिका र हिमाली गाउँपालिका संगठीत सदस्य संख्या रहेको छ ।  

प्रतिक्रिया