गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:५९
Dho

जिल्लाको विकासको चित्र आफ्नो दिमागमा छ : लाल बहादुर थापा

बाजुराकै लामो पुलको उद्घाटन, स्थानीमा खुसीयाली
बाजुरा
रमित वि.क.
शनिबार, बैशाख २२, २०८१
जिल्लाको विकासको चित्र आफ्नो दिमागमा छ  : लाल बहादुर थापा

बाजुरा : नेकपा एमालेका केन्द्रीय सदस्य तथा निवर्तमान प्रतिनिधि सभा सदस्य लाल बहादुर थापाले समग्र बाजुराको विकासको चित्र आफ्नो दिमागमा रहेको बताउनुभएको छ ।

आज गौमुल गाउँपालिका–३ मा रहेको जिल्लाकै लामो माझपाली र धल्काँडा जोड्ने पुलको उद्घाटन गर्दै उहाँले यस्तो बताउनभएको छ ।

समग्र जिल्लाको अभाव र समस्याको चित्र आफ्नो दिमागमा ताजा रहेका कारण आफु जनतालाई न्याय गर्नका लागि बाजुराको राजनीतिक क्षेत्रमा रहदाँसम्म समग्र विकासका लागि एक ईन्च पनि कमी नगर्ने विश्वास दिलाउनु भएको छ ।

गौमुल लगायत जिल्लाका जनताहरुसंग अरु केही लेनदेन नभएपनि आफु समाजलाई परिवर्तन र बदल्छु भनेर संकल्प गरेर हिडेको व्यक्ति भएका कारण अफ्ठ्यारा र अभाव भएका ठाउँलाई राज्यले सन्तुलन कायम गर्नुपर्छ भनेर हिडेको बताउनुभयो ।

एमाले अछाम जिल्ला ईन्चार्ज समेत रहेका थापाले हरेक बाजुराका विकास चुनौती आफुहरुलाई अवगत भएका कारण देश चलाउने ठाउँमा र अधिकार प्रयोग गर्ने ठाउँमा गएमा थप बाँकी रहेका चुनौतीको अन्त्य गर्ने उल्लेख गर्नुभएको छ ।

आफु तत्कालिन जिल्ला विकास समितिको सभापति र प्रतिनिधि सभाको सदस्य हुदाँ धेरै ठाउँको विकास गर्न प्रयास गरिएको भएपनि चाहे जस्तो नभएको प्रति दुःख व्यक्त गर्नुभएको छ ।

गौमुल गाउँपालिकाको समग्र विकासका लागि आफुले खेलेको भूमिकाको स्मरण जनताहरुले गरिरहेको प्रति धन्यवाद समेत दिनुभएको छ ।

झोलु¨गे पुल निर्माणका लागि आफुले तत्कालिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश ठगुन्नाले आफुलाई योजना मागेर दिएको र स्थानीय समेत रहेका इन्जिनियर वीरेन्द्र बोहराको परिकल्पनामा पुल निर्माण गरिएको स्पष्ट पार्नुभएको छ ।

प्रमुख जिल्ला अधिकारीलाई जिल्लाका बेवारिसे रुपमा छोडिएका कतिपय योजनाहरु निर्माण समेत सुरु नभएका कारण तत्काल सुरु गर्नका लागि ठेकेदार कम्पनीको खोजी कार्य गर्न निर्देशन समेत गरेको जानकारी गर्नुभएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाले समग्र जिल्लाको विकासका लागि समन्वय प्रमुखको रुपमा खेल्ने भूमिका खेलिरहेको बताउनुभएको छ ।

एक फरक प्रसं¨मा बोल्दै गौमुल गाउँपालिकामा समग्र विकासले गति लिएको भएपनि मदिरा व्यवस्थापनको नीतिको स्थानीयले पालना नगर्नु दुर्भाग्य भएको उल्लेख समेत गर्नुभएको छ ।

सोही कार्यक्रममा गौमुल गाउँपालिकाका कार्यबाहक अध्यक्ष तथा उपाध्यक्ष सीता थापाले समग्र स्थानीय सरकारले जनताको जनजीविकाका सवालमा काम गरिरहेको बताउनुभएको छ ।

अघिल्लो कार्यकालको जस्तो पालिका सरकारले काम गरेन भन्ने जनतामा महसुस भएको उल्लेख गर्दै बजेट र अन्य देशको अस्थिर परिस्थिति बुझ्न आग्रह गर्नुभएको छ ।

सरकारले लिएको मदिरा व्यवस्थापनको नीतिलाई पछिल्लो समय बेवास्ता गरिएको सबै वडाहरुमा पाईएका कारण वडामा गठित महिला अधिकार मन्चहरुले सक्रिय बन्न अनुरोध गर्नुभएको छ ।

वडा अध्यक्ष गोरख बहादुर बोहरोको अधयक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य तथा निवर्तमान प्रतिनिधि सभा सदस्य लाल बहादुर थापा रहनुभएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया, गौमुल गाउँपालिकाका कार्यबाहक अध्यक्ष तथा उपाध्यक्ष सीता थापा विशिष्ट अतिथि रहनुभएको थियो ।

कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष कलक बहादुर सिंह, ४ नम्बर वडा अध्यक्ष अमर बहादुर विक, प्रमुख प्रशासकीय अधिकृत जगदीश प्रसाद भट्ट, प्रेस चौतारी सुदूरपश्चिम अध्यक्ष कृष्ण ओली, पत्रकार महासंघ बाजुराका उपाध्यक्ष पदम सिंह लगायत वर्तमान जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि लगायत स्थानीयको व्यापक सहभागीता रहेको थियो ।
बाजुराकै लामो पुलको उद्घाटन
गौमुल गाउँपालिका–३ मा रहेको जिल्लाकै लामो माझपाली र धल्काँडा जोड्ने पुलको शनिबार उद्घाटन गरिएको छ । पुलको नेकपा एमालेका केन्द्रीय सदस्य तथा निवर्तमान प्रतिनिधि सभा सदस्य लाल बहादुर थापाल एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो ।

जिल्लामै २ सय ६० मिटर लम्बाई र १२५ मिटर अग्लो झोलु¨गे पुलको निर्माण गरिएको थियो । २०७९ असार २७ गते निर्माण गर्नका लागि सम्झौता गरिएको थियो । घण्टौं हिडेर धल्काँडा, गर्जे र पाते हिड्न विवश स्थानीयलाई पुल निर्माण भएपछि अब सहज हुने स्थानीय कौशल विकले बताउनुभएको छ ।

स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय धनगढीसंग १ करोड ८९ लाख ६४ हजार ८ सय २८ रुपियाँ १६ पैसामा पुल निमार्णका लागि अन्सुमन चन्द्रोदय जे.भी. बझा¨ निर्माण गर्ने गरी सम्झौता भएको थियो ।

सम्झौता रकम र स्थानीयको जनश्रमदान गरी कुल लागत २ करोड ६३ लाख २९ हजार ७ सय ३५ रुपियाँमा पुल निर्माण कार्य सम्पन्न गरिएको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय धनगढीका इन्जिनियर किशोर विष्टले बताउनुभएको छ । पुलको निर्माण कार्य गत ०८० मंसिर २८ गतेबाट सुरु भई ०८१ वैशाख १६ गते निर्माण कार्य पूर्ण रुपमा सम्पन्न भएको थियो । 


 

प्रतिक्रिया