गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:०७
Dho

कीर्तिचौर माविको विव्यस अध्यक्षमा पुनः अमर विक हुनुपर्ने माग

शैक्षिक गुणस्तर सुधार हुने धेरैकाे अभिलाषा
बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, बैशाख १९, २०८१
कीर्तिचौर माविको विव्यस अध्यक्षमा पुनः अमर विक हुनुपर्ने माग

बाजुरा : गौमुल गाउँपालिका–४ कालादहमा रहेको कीर्तिचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा पुनः अमर विक नै हुनुपर्ने माग स्थानीयको रहेको छ ।

मंगलबार विद्यालय व्यवस्थापन समितिको अध्यक्षको कार्यकाल सकिएर विदाई भएपछि पुनः दोहोरिनुपर्ने माग उठ्न थालेको छ ।

तीन वर्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर विद्यालयको अवस्था माथि उठेपछि अभिभावकहरुले भेलामा नै पुनः जिम्मेवारी दिनुपर्ने बताउने गरेको पाईएको छ ।

गौमुल गाउँपालिका–४ का वडा अध्यक्ष समेत रहेको विकले विद्यालयको चाैतर्फी विकासका लागि महत्वपूर्ण भूमिका खेलेको विद्यार्थी लक्ष्मण बुढा बताएका छन् ।

विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि दिनरात नभनी निरन्तर खटिएर काम गरेकोले पनि पुनः व्यवस्थापन समितिको अध्यक्षमा दोहोर्यार जिम्मेवारी दिनुपर्ने अभिभावक सेते रोकायाले बताएका छन् ।

विगतमा दयनीय अवस्थामा रहेको विद्यालयको शैक्षिक गुणस्तर सुधारदेखि विद्यालयको अन्य क्रियाकलाप सुधारिएको अवस्थामा आफुहरुले पाएको अभिभावक राम बहादुर विकले बताएका छन् ।

गौमुल सरकारको नियमन एवम् व्यवस्थापनमा सहयोग, विद्यालय प्रशासनको तदारुकताका कारण विद्यालय फड्को मार्ने स्थितिमा पुगेको कतिपय अभिभावकले बताउने गरेका छन् ।

बालबालिकाहरुको सुन्दर भविष्यको खोजिमा आफुहरु रहेको र त्यो सम्भव हालको विद्यालय व्यवस्थापन समितिबाट मात्र हुने कतिपय शिक्षाका जानकारहरुले भन्ने गरेको सुनिन थालेका छन् ।

कुनै राजनीतिक दल वा समूह भन्दा पनि विद्यालयको अवस्थालाई सुधार गरी शैक्षिक गुणस्तर सुधार गर्न सक्ने अभिलाषा बोकेको व्यक्ति अध्यक्षमा योग्य हुने अनुहार हालकै रहेको दाबी कतिपयको रहेको छ ।

विगतमा जिम्मेवारी लिएका व्यवस्थापन समितिले काम गरेकै हैन भन्ने खोजेको हैन तर त्यो बेला र हालको अवस्थाको चित्रण अभिभावकहरुले गर्न जरुरी रहेको विद्यालयका शुभचिन्तकहरुले सुनाउने गरेका छन् ।

उक्त विद्यालय व्यवस्थापन समिति गठनमा विगतदेखि विवाद हुदैं आएको इतिहास साक्षी रहेको छ । राजनीतिक भागबण्डा र जुगाको लडाइँकै कारण विद्यालयको अवस्था एक बेला दया लाग्दो रहेको थियो । 

प्रतिक्रिया