गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:००
Dho

भौतिक संरचना बने शैक्षिक गुणस्तर सुधार भएन : उपाध्यक्ष सीता थापा

विव्यस पुनः गठनमा सहमति जुटेन
बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, बैशाख १८, २०८१
भौतिक संरचना बने शैक्षिक गुणस्तर सुधार भएन  : उपाध्यक्ष सीता थापा

बाजुरा : गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापाले पालिका भरका सामुदायिक विद्यालयमा स्थानीय सरकारले भौतिक संरचना निर्माण गरेको भएपनि शैक्षिक गुणस्तरमा सुधार नआएको बताउनुभएको छ ।

आज कीर्तिचौर माध्यामिक विद्यालयको आम भेला तथा विद्यालय व्यवस्थापन समितिको पुनः गठन कार्यक्रमको सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।

संरचना निर्माण गरिसकेको र अब व्यवस्थापकीय पक्ष सहित अबको युग अनुसारको शिक्षा बालबालिकालाई प्रदान गरी सुन्दर भविष्य निर्माणमा सबैले लाग्नुपर्ने सुझाव दिनुभएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन ०७४ अनुसार विद्यालयहरुलाई आगामी आर्थिक वर्षबाट शैक्षिक गुणस्तर सुधारमा सहयोग गर्ने सबैमा आग्रह गर्नुभएको छ ।

मेलमिलापको भावनाको विकास गरी विद्यालयको सर्वा¨ीण विकासका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिदैं विवादास्पद भन्दा माथि उठेर विद्यालयको हितका लागि सोच्न अनुरोध गर्नुभएको छ ।

विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनले पछिल्लो समय विद्यालयको गतिविधि सुधार गरेको प्रति धन्यवाद दिदैं शैक्षिक गुणस्तर सुधारमा केन्द्रीत बन्ने समय आएको उल्लेख गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै गौमुल गाउँपालिका–५ का वडा अध्यक्ष कलक बहादुर सिंहले आफु विद्यालयको हितका लागि विगत र वर्तमानसम्म निरन्तर खटिरहेको बताउनुभएको छ ।

विगतको विद्यालय स्थिति र हालको स्थिति धेरै परिवर्तन भएका कारण अब शैक्षिक गुणस्तर सुधारमा लाग्ने बेला आएको बताउनुभएको छ ।

गौमुल गाउँपालिका–४ का वडा अध्यक्ष एवम् विद्यालय व्यवस्थापन समिति अध्यक्ष अमर विकको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापा रहनुभएको थियो ।

कार्यक्रममा गौमुल गाउँपालिका–५ का वडा अध्यक्ष कलक बहादुर सिंह, ६ का वडा अध्यक्ष प्रकाश रोकाया, १ का वडा अध्यक्ष देवेन्द्र रोकाया, २ का वडा अध्यक्ष देव बहादुर रोकाया, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र रोकाया, शिक्षक अभिभावक संघका अध्यक्ष जनक रोकाया, शिक्षा शाखा प्रमुख राम नाथ लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा गौमुल गाउँपालिका–४ का वडा अध्यक्ष एवम् विद्यालय व्यवस्थापन समिति अध्यक्ष अमर विकले आफ्नो कार्यकालमा गरिएका गतिविधिहरु आम भेलामा अभिभावकहरुलाई जानकारी समेत गर्नुभएको थियो ।

विद्यालयका प्रधानाध्यापक खडक बहादुर शाहले स्वागत गुर्नुभएको कार्यक्रमको सञ्चालन शिक्षक भीम बोहराले गर्नुभएको थियो । कार्यक्रममा सेवा क्षेत्र भित्रका अभिभावकहरुको व्यापक रुपमा सहभागीता रहेको थियो ।

विव्यस पुनः गठनमा सहमति जुटेन

गौमुल गाउँपालिका–४ कालादहमा रहेको कीर्तिचौर माध्यामिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षको लागि सहमति हुन नसक्दा स्थगन भएको छ ।

आज आयोजित आम भेला तथा पुनः गठन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र सदस्यका लागि सहमति नहुदाँ निर्वाचनका कार्यक्रम सबै स्थगन गरिएको निर्वाचन मण्डलका सदस्य श्याम बहादुर रोकायाले बताउनुभएको छ ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र सदस्यका लागि २७ जना पुरुष र १४ जना महिलाहरुबाट उम्मेदवारी परेको थियो । केहीले फिर्ता र अर्कोलाई सहमति गरेको भएपनि वडा नम्बर ४ कै बीच सहमति जुट्न नसकेको श्रोतको दाबी रहेको छ ।

विद्यालयको हित भन्दा पनि जुँगाको लडाइँका कारण सहमति जुट्न सकसको अवस्था सिर्जना भएको एक अभिभावकले बताएका छन् ।

हालको विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनले विद्यालय सुधारका लागि लय समात्न लागेको बेला पुरानै हालतमा पुर्याउने खेल सुरु भएको कार्यक्रममा सहभागी अभिभावकहरुको गुनासो रहेको थियो ।

सहमति जुट्न नसकेपछि स्थगन भएको विद्यालय व्यवस्थापन समिति पुनः गठन आगामी वैशाख २३ गते पुनः छलफल र निष्कर्षका लागि मिति तय गरिएको छ । 

प्रतिक्रिया