गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:२१
Dho

पालिकाभरमा शिक्षामा सुधार हुन आवश्यक छ : वडा अध्यक्ष प्रकाश रोकाया

नवज्योति आविको विव्यस अध्यक्षमा जंग बहादुर रोकाया चयन
बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, बैशाख १७, २०८१
पालिकाभरमा शिक्षामा सुधार हुन आवश्यक छ : वडा अध्यक्ष प्रकाश रोकाया

बाजुरा : गौमुल गाउँपालिका–६ का वडा अध्यक्ष प्रकाश रोकायाले गौमुल गाउँपालिका भरका विद्यालयको शैक्षिक गुणस्तरमा सुधार हुन आवश्यक रहेको बताउनुभएको छ ।

आज नवज्योति आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समितिको पुनः गठन कार्यक्रमको सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।

स्थानीय सरकारले भौतिक संरचना सबैतिर निर्माण गरी केही आवश्यक दरबन्दी भएपनि शैक्षिक गुणस्तर सुधार अझैं हुन नसकेको बताउनुभएको हो ।

अबको युग अनुसारको शिक्षा बालबालिकालाई प्रदान गरी विक्री हुने खालको शिक्षा बालबालिकाले प्राप्त गर्ने बेला आएको उल्लेख गर्नुभएको छ ।

दोष जति अरुलाई थुपार्ने र आफु पानी मुनीको ओभानु हुने प्रवृत्ति आफुहरुमा रहेकै कारण पनि शैक्षिक क्षेत्रमा प्रगति हुन नसकेकोमा जोड दिनुभएको छ ।

पालिका स्तरीय कक्षा–५ को परीक्षामा नवज्योति आधारभूत विद्यालयले केही सुधार गरेको बताउँदैं धन्यवाद दिनुभएको छ । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले समग्र शिक्षा प्रणालीमा सुधार हुन आवश्यक रहेकोमा जोड दिएका छन् ।

सबै पक्षको कमजोरीकै कारण हालसम्म शिक्षामा सुधार हुन नसकेको बोल्ने वक्ताहरुको पुष्टीकरण गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र बहादुर रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि गौमुल गाउँपालिका–६ का वडा अध्यक्ष प्रकाश रोकाया रहनुभएको थियो ।

कार्यक्रममा कार्यपालिका सदस्य राजिन्द्रा विष्ट (रोकाया), वडा सदस्य कलक चदाँरा, वडा नम्बर ४ का वडा सदस्य मंगल धामी, रेडियो गौमुलका स्टेशन प्रबन्धक रमित विक विशिष्ट अतिथि रहनुभएको थियो ।

सोही कार्यक्रममा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनलाल रोकाया, जंग रोकाया, कलक रोकाया, ज्ञामा विक लगायत अतिथि रहनुभएको थियो ।

विद्यालयका प्रधानाध्यापक चित्र बहादुर रोकायाले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन शिक्षक देवेन्द्र बहादुर रोकायाले गर्नुभएको हो । विद्यालय प्रागंणमा आयोजित कार्यक्रममा विद्यालय सेवा क्षेत्र भित्रका अभिभावकहरुको सहभागीता रहेको थियो ।

विव्यस पुनः गठन

गौमुल गाउँपालिका–६ सालीकोटमा रहेको नवज्योति आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा जंग बहादुर रोकाया चयन हुनुभएको छ ।

आज आयोजित पुनः गठन कार्यक्रममा सदस्यमा सपना अवस्थी (विक), चन्द्रीका धामी, उजला रोकाया, जनप्रतिनिधि राजिन्द्रा विष्ट (रोकाया), डबल रोकाया, भाना विक, शिक्षक प्रतिनिधि देवेन्द्र बहादुर रोकाया र सदस्य सचिवमा प्रधानाध्यापक चित्र बहादुर रोकाया चयन हुनुभएको छ ।

यसैबीच शिक्षक अभिभावक संघको अध्यक्षमा ज्ञामा विक सर्वसम्मत चयन हुनुभएको छ । सदस्यमा चन्द्र विक, वीरेन्द्र बुढा, गोरख बुढा, गोकर्ण रोकाया, बाटुली धामी, जुल्फी रोकाया, रमा विक र सदस्य सचिवमा शिक्षक धन बहादुर रोकाया चयन भएका छन् ।  

प्रतिक्रिया