गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:३५
Dho

बझाङ र इलाममा उपनिर्वाचन सुरु

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, बैशाख १५, २०८१
बझाङ र इलाममा उपनिर्वाचन सुरु

बाजुरा : इलाम र बझाङमा मतदान सुरु भएको छ । इलाम प्रतिनिधि सभा क्षेत्र नं. २ र बझाङ प्रदेश सभा १ मा आज बिहान ७ बजेदेखि मतदान सुरु भएको हो ।

मतदाता भाेट हाल्न लाइन बसेका छन् । इलाम–२ मा १९ जना चुनावी मैदान मा छन् भने बझाङमा ११ जना चुनावी मैदानमा छन् ।

इलामको प्रतिनिधि सभामा १२ राजनीतिक दलबाट १२ जना र ७ जना स्वतन्त्र उम्मेदवार बीच प्रतिस्पर्धा हुने छ भने बझाङको प्रदेश सभामा ११ राजनीतिक दलबाट ११ जना बिच प्रतिस्पर्धा हुनेछ ।

साँझ ५ बजेसम्म मतदाताहरूले मतदान गर्न पाउने छन् । इलाम–२ मा १४९ मतदान केन्द्र तोकिएका छन् भने बझाङमा ९३ वटा मतदान केन्द्र तोकिएका छन् ।

आयोगका अनुसार इलाम–२ मा एक लाख १६ हजार आठ सय ८९ मतदाता छन् भने बझाङ १ (क) ६१ हजार सात सय ४८ मतदाता छन् ।

इलाममा ७९ मतदान स्थल र एक सय ४९ मतदान केन्द्र रहेको आयोगले जनाएको छ भने बझाङमा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र रहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया