गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ १२:४१

जगन्नाथमा दुई बालिका कर्णाली नदीमा डुबेर बेपत्ता

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, बैशाख ०७, २०८१
जगन्नाथमा दुई बालिका कर्णाली नदीमा डुबेर बेपत्ता

बाजुरा : बाजुराको दुई बालिका कर्णाली नदीमा बगेर बेपत्ता भएका छन्। बाजुराको जगन्नाथ गाउँपालिका–२ बस्केना बस्ने नन्दबहादुर शाहको छोरी १५ वर्षीया सोबिना शाह र सोही ठाँउ बस्ने भुपेन्द्र शाहीको छोरी १३ वर्षीया सन्जु कुमारी शाही बिहीवार दिउँसो सोही ठाउँको नुनेपानी स्थित कर्णाली नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका हुन्।

प्रहरी चौकी कुन्ना बाजुराबाट प्रहरी टोली खटिई दुबै बालिकाको खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। यी दुबै बालिकासहित ५ जना बालिका नुहाउने क्रममा नदीमा बगेकोमा तीन जना बालिकाको सकुशल उद्दार गरिएको साथै नदीमा बगेर बेपत्ता भएका दुई बालिकाहरुको खोजतलास गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया