गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:४५
Dho

सुदूरपश्चिम सरकारमा तत्काल सहभागी नहुने एमालेको निर्णय

धनगढी
गाैमुल खबर गाैमुल खबर
बिहीबार, बैशाख ०६, २०८१
सुदूरपश्चिम सरकारमा तत्काल सहभागी नहुने एमालेको निर्णय

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा एमाले तत्काल सहभागी नहुने भएको छ । आज सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलले तत्काल प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिएका छन् ।

‘अहिलेलाई समर्थन गर्ने र बाहिरबाट सहयोग गर्ने निर्णय गरेका छौँ ’ उनले भने, ‘अर्काे निर्णय नहुँदा सम्म सरकारमा सहभागी नहुने निर्णय गरेका छौँ ।’

प्रदेश प्रमुख नजिर मियाँले नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरिसकेका छन् । आजै शपथको तयारी छ । सानो मन्त्रीमण्डल बनाउने सम्भावना पनि रहेको छ । तर, एमाले भने सरकारमा तत्काल सहभागी नहुने जनाएको छ ।

एमालेसहित, माओवादी, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

 

प्रतिक्रिया