गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:०६
Dho

गौमुलको शैक्षिक नतिजा ९१.४४ प्रतिशत उत्तीर्ण, लाज ढाक्न विद्यालयको बदमासी

२ सय २२ जना मध्ये २ सय ३ जना उत्तीर्ण, १९ जना अनुत्तीर्ण
बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, चैत २८, २०८०
गौमुलको शैक्षिक नतिजा ९१.४४ प्रतिशत उत्तीर्ण, लाज ढाक्न विद्यालयको बदमासी

बाजुरा : गौमुल गाउँपालिकाको शैक्षिक नतिजा सम्बन्धीत विद्यालयले पेपर चेकजाँच गर्दा सन्तृष्ट रहेको बुझिएको छ । शिक्षामा व्यापक लगानी स्थानीय सरकारले गरेको भएपनि शैक्षिक नतिजा सन्तोष गर्न लायक अझैं आएको छैन् ।

सरकारले सबै विद्यालयमा भौतिक संरचना निर्माणदेखि अन्य व्यवस्थापन गरेको भएपनि शैक्षिक नतिजा पालिकामा चेकजाँच नगरेकै कारण फरक आएको बताईएको छ । सम्बन्धीत विद्यालयले कक्षा ८ को परीक्षाको पेपर समेत आफैले चेकजाँच गर्दा यस वर्ष ९१.४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् ।

कक्षा ८ को परीक्षामा ८ विद्यालय सहभागी बनेका हुन् । जसमा कीर्तिचौर माध्यामिक विद्यालय कालादहमा जम्मा विद्यार्थी ४७ जना, परीक्षामा सामेल ४१ जना मध्ये ३३ जना उत्तीर्ण भएका छन् भने ८ जना अनुत्तीर्ण भएका छन् ।

त्यस्तै फूलपाटा माध्यामिक विद्यालय मल्लाेदुगुनमा जम्मा विद्यार्थी २६ जना, परीक्षामा सामेल १८ जना मध्ये सबै उत्तीर्ण भएका छन् । बालविकास माध्यामिक विद्यालय माझपालीमा जम्मा विद्यार्थी ४० जना मध्ये परीक्षामा सामेल ३८ जना सबै उत्तीर्ण भएका छन् ।

यस्तै पदमपूर आधारभूत विद्यालय तल्लाेदुगुनमा जम्मा ११ जना विद्यार्थी मध्ये ११ जना नै परीक्षामा सामेल भएका भएपनि १० जना मात्र उत्तीर्ण भएका छन् । जनज्योति माध्यामिक विद्यालय दहकाेटमा जम्मा १७ विद्यार्थी मध्ये सबै जना उत्तीर्ण भएका छन् ।

यसैबीच अम्लिस माध्यामिक विद्यालय अम्लिसमा जम्मा ३१ जना विद्यार्थी मध्ये परीक्षामा सामेल २९ जना नै उत्तीर्ण भएका छन् । मानाकोट माध्यामिक विद्यालय थला मानाकाेटमा जम्मा ५६ जना विद्यार्थी मध्ये ४५ जना परीक्षामा सामेल भएकाहरु सबै जना उत्तीर्ण भएका छन् ।

उता घटाल आधारभूत विद्यालय बसालामा जम्मा २६ जना विद्यार्थी मध्ये २३ जना परीक्षामा सामेल भई १३ जना उत्तीर्ण र १० जना अनुत्तीर्ण भएका छन् । जसमा ४३.४८ प्रतिशत मात्र उत्तीर्ण भएका छन् । घटाल आधारभूत विद्यालयको नतिजालाई हेर्दा यथार्थ मान्न सकिने आकलन गरिएको छ ।

कीर्तिचौर मावि, बालविकास मावि, जनज्योति मावि, फूलपाटा मावि र अम्लिस माविमा सबै दरबन्दी रहेका छन् । जसमा सबै दरबन्दी आधारभूत तहका हुन् ।

यस वर्षको कक्षा ८ को परीक्षा फारम जम्मा २ सय ५४ जनाले भरेको भएपनि २ सय २२ जना मात्र पालिका स्तरीय परीक्षामा सामेल बनेको शिक्षा युवा तथा खेलकुद विकास शाखा प्रमुख राम नाथले बताएका छन् ।

गाउँपालिकाले पेपर चेकजाँच गरेको भए अन्य पालिका जस्तै नतिजा आउने भएपनि सम्बन्धीत विद्यालयले पेपर चुकजाँच गरेकै कारण यस्तो नतिजा आएकोले खुसी हुनुपर्ने अवस्था नरहेको नाथको भनाई रहेको छ ।

पालिका भरमा २ सय ३ जना विद्यार्थी उत्तीर्ण भएका छन् । भने १९ जना मात्र अनुत्तीर्ण भएका छन् । यस वर्षको शैक्षिक नतिजालाई जनप्रतिनिधिहरुले अस्वीकार गरेका छन् ।

यथार्थमा नभएर विद्यालयहरुले नै पेपर चेकजाँच गरेका कारण आफु अनूकुल यस वर्षको परीक्षाको नतिजा आउनुलाई सन्तोषजनक मान्न नसकिने बताएका छन् । विद्यालय चलाउन मुस्किल हुने भएकोले लाज ढाक्न विद्यालयहरुले यस्तो बदमासी गरेको हुन सक्ने आरोप कतिपयले लगाएका छन् ।

यता अभिभावकले समेत सन्तानको शिक्षा अवस्था बारे घरमा कुनै चाँसो र सरोकार नराख्ने गरेको पाईएको छ । गत चैत १ गतेदेखि १० गतेसम्म परीक्षा सञ्चालन गरिएको थियो । कक्षा ४ देखि कक्षा ९ सम्मका लागि प्रश्नपत्र, उत्तर पुस्तिका र स्टेशनरी गाउँपालिकाले उपलब्ध गराएको थियो । 

प्रतिक्रिया