बाजुरा : बझाङ क्षेत्र नम्बर १ मा हुने प्रदेश सभा उपनिर्वाचनका लागि विभिन्न उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।बेलुका ५ बजेसम्म नेपाली कांग्रेसका तर्फबाट अभिषेकबहादुर सिंह, नेकपा एमालेबाट दमनबहादुर भण्डारी, नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर सिंह र जसपा नेपालबाट रामबहादुर दर्जीको उम्मेदवारी दर्ता भएको छ ।
यस्तै, राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापा,संघीय राष्ट्रिय मञ्चबाट दीपकबहादुर खड्का, नेकपा माओवादी केन्द्रबाट जनक बुढा, नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही, नागरिक उन्मुक्ति पार्टीबाट सुशीलादेवी विष्ट र नेसनल रिपब्लिक पार्टीबाट कमल घर्तीमगरको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताउनुभयो ।
प्रतिक्रिया