गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:४०
Dho

एमाले ललितपुरमा तीन जना आकांक्षी

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
बिहीबार, चैत २२, २०८०
एमाले ललितपुरमा तीन जना आकांक्षी

ललितपुर : नेकपा एमाले ललितपुरको अध्यक्षमा तीन जना नेताले उम्मेदवारी दिने भएका छन्। ललितपुरमा शुक्रबारदेखि सुरू हुने ९औं जिल्ला अधिवेशनमा वर्तमान अध्यक्ष पुरुषोत्तम आचार्य, पूर्व प्रदेश सासंद चेतनाथ सञ्जेल र बागमती प्रदेश कमिटीका पूर्वसदस्य दिनेश कार्कीले उम्मेदवारी दिने भएका हुन्।

नेता कार्कीले जिल्लाका नेताहरूको सल्लाहमा उम्मेदवारी दिने योजना बनाएको बताए। आचार्यले भने पार्टीलाई थप बलियो बनाउन आफूले उम्मेदवारी दिने कार्ययोजना बनाएको बताए। ‘पार्टीका नेताहरूको मलाई समर्थन हुने अपेक्षा छ। नभए लोकतान्त्रिक प्रक्रिया छँदैछ,' उनले भने।

अर्का आकांक्षी सञ्जेलले आफू सर्वसम्मति वा निर्वाचन जुनसुकै अवस्थामा जिल्लाको नेतृत्वका लागि तयारी गरिरहेको बताए। नेकपा एमाले ललितपुरका इन्चार्ज शेरबहादुर तामाङले पार्टीमा आधारिक गुट-उपगुट नभएको अवस्थामा नेताहरूले पार्टी अध्यक्षको दाबी गर्नु स्वभाविक भएङ्को बताए।

चैत २३, २४ र २५ गते सातदोबाटोस्थित पार्टी कार्यालयमा अधिवेशन गरिने एमाले ललितपुरले जनाएको छ। महाधिवेशनमा जिल्लाभरिका करिब ५ सय प्रतिनिधि सहभागी हुनेछन्। निर्वाचन समितिले विद्युतीय मतदानको व्यवस्था गरेको आयोजकले जानकारी दिएको छ।

प्रतिक्रिया