गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:४३
Dho

नागरिक उन्मुक्ति दुई भागमा विभाजन, पक्ष र विपक्षमा ह्विप जारी

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, चैत २१, २०८०
नागरिक उन्मुक्ति दुई भागमा विभाजन, पक्ष र विपक्षमा ह्विप जारी

धनगढीः नागरिक उन्मुक्ति पार्टी दुई भागमा विभाजन भएको छ। सुदूरपश्चिम प्रदेश सरकारको विषयलाइ लिएर सिंगो पार्टी नै दुई भागमा विभाजन हुन पुगेको हो। श्रीमान/श्रीमतीको पार्टी भनेर पनि चर्चा हुँदै आएको नागरिक उन्मुक्ति रञ्जिता श्रेष्ठ र रेशमलाल चौधरीबिच बढ्दै गएको विवादका कारण यतिबेला वारपारको अवस्था नै सिर्जना भएको छ।

यतिबेला मुख्यमन्त्री कमलबहादुर शाहलाइ विश्वासको मत दिने÷नदिने विषयमा पार्टीभित्रैबाट दुईवटा ह्विप एकैदिन जारी भएको छ। सुरुमा पार्टी अध्यक्ष रञ्जिता र लगत्तै पार्टी प्रमुख सचेतक खुशीराम डगौरा थारुको ह्विप जारी भएको छ। यी दुईवटा ह्विप आज (बुधबार) एकैदिन जारी गरिएको हो।

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कमलबहादुर शाह अल्पमतमा छन्। मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति, राप्रपा र स्वतन्त्र सांसदले मतदान गर्ने विश्वाससहित विश्वासको मत लिँदैछन्।

तर ७ जना प्रदेश सभा सदस्य रहेका आफ्ना सांसदहरुलाइ मतदान नगर्न नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले ह्विप नै जारी गरेकी छन्। उनले लिखित रुपमै मुख्यमन्त्री शाहलाइ विश्वासको मत नदिन निर्देशन दिएकी हुन्। नागरिक उन्मुक्ति पार्टी, सुदूरपश्चिम प्रदेश संसदीय दलको विधान केन्द्रिय कमिटीबाट पास नभएको हुँदा दैनिक सभा सञ्चालन लगायतका कार्यक्रम घनश्याम चौधरीले संसदीय दलको नेताको रुपमा कामकाज गरेपनि प्रदेश सभाको महत्वपूर्ण निर्णयमा ह्विप लगाउने अधिकार नभएको अध्यक्ष श्रेष्ठले बताएकी छन्।

ह्विप जारी गर्ने अधिकार पार्टीको केन्द्रिय अध्यक्षलाइ नै भएको भन्दै श्रेष्ठले मुख्यमन्त्रीलाई विश्वासको मत नदिन आफ्ना सांसदहरुलाइ निर्देशन दिएकी हुन्। अध्यक्षले यस्तो निर्देशन जारी गरेलगत्तै डगौराले पनि मुख्यमन्त्री शाहको पक्षमा मतदान गर्न निर्देशनसहितको ह्विप नै जारी गरेका छन्।

उनले अनियवार्य उपस्थिती जनाएर मुख्यमन्त्रीलाइ विश्वासको मत दिन नागरिक उन्मुक्तिका सबै प्रदेश सभा सदस्यलाई निर्देशन दिएका छन्। हाल नागरिक उन्मुक्तिका ५ जना सांसद शाह नेतृत्वको सरकारमा नै सामेल छन्। सुदूरपश्चिम प्रदेश सरकारले विहिबार प्रदेश सभामा विश्वासको मत लिने कार्यसूची छ। यसैमा नागरिक उन्मुक्ति विभाजित छ।

प्रतिक्रिया