गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:४५
Dho

विद्यार्थी नेता चेतनदीप अयडी हत्या आरोपी थप ९ जनालाई पूर्वक्षका लागि थुनामा राख्न आदेश

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, चैत २१, २०८०
विद्यार्थी नेता चेतनदीप अयडी हत्या आरोपी थप ९ जनालाई पूर्वक्षका लागि थुनामा राख्न आदेश

बाजुरा : विद्यार्थी नेता चेतन अयडीको हत्यामा संलग्न भनिएका ९ जना आरोपीलाई पूर्वक्षका लागि थुनामा पठाएको छ । लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका आरोपी १२ जना मध्ये ९ जनालाई कारागार चलान र ३ जनालाई धरौटी सहीत तारिखमा राखिएको छ । 

बाजुरा जिल्ला अदालतको चैत्र २० गतेको थुनछेक आदेशपछि १२ मध्ये ९ जनालाई पूर्वक्षका लागि कारागार चलान गरिएको हो । अयडीको गएको वर्ष २०७९ को संघ र प्रदेशको निर्वाचनको दिन घर भित्रबाट बाहिर निकालेर कुटीकुटी हत्उा गरिएको दृश्य सार्वजनिक भएको थियो । 

हत्याको आरोप सहीत २४ जना विरुद्ध उजुरी गरिएको छ । कृरु र विभत्स तरिकाबाट हत्या गरिएको आरोप सहीतको उजुरीमा ६ जनाको यस अघि नै थुनछेक आदेशबाट पूर्वक्षका लागि थुनामा राखेर अनुसन्धान भइरहेको छ । केहीलाई भने सर्वोच्च अदालतले साधारण तारिखमा छाड्न आदेश दिएको छ । 

तीन दिन अघि मात्रै हाजिर भएका शिक्षक रतन अयडी सहीतलाई भने तारिखमा छोडेको छ । चैत्र १२ गते पक्राउ परेका १२ जना मध्ये ९ जना पूर्वक्षका लागि बाजुरा कारागार चलान गरेको छ । ३ जनालाई जनही ३ लाख धरौटी सहित जिल्ला अदालतबाट तारिख तोकेको छ ।

३३ बर्षीय नर अयडी, नरेश अयडी, २५ बर्षीय मंगल अयडी, ३३ बर्षीय मोहन बहादुर अयडी, २७ बर्षीय नविन अयडी, २२ बर्षीय लोकेश अयडी, २३ बर्षीय जीवन अयडी, ३२ बर्षीय उद्धव अयडी, ४५ बर्षीय पदम बहादुर अयडी पूर्वपक्षका लागि थुनामा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी दानसिंह भण्डारीले जानकारी दिएका छन् ।

त्यस्तै ३८ बर्षीया अनिता रौले अयडी, ३६ बषीया धना देवी अयडी, र ३२ बर्षीया ईश्वरा देवी अयडीलाई जनही ३ लाख धरौटी सहित तारिक तोकीएको सूचना अधिकारी भण्डारीले बताएका छन । घटना पछि फरार रहेका १२ जनालाई प्रहरीेले चैत्र १२ गते जिल्ला सदरमुकाम मार्तडीबाट पक्राउ गरि जिल्ला अदालतमा चैत्र १३ गतेबाट बहस सुरु भएको थियो । 

०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा त्रिवेणी नपारपालिका ७ को नाटेश्वरी आधारभुत विद्यालय दम्था मतदान केन्द्रको विवादलाई लिएर नेपाली कांग्रेसका कार्यकर्ताहरूले चेतनदिप अयडीको घरमै गएर कुटपिट गरेर हत्या गरेको पीडित पक्षको आरोप छ ।

०७९ मंसिर ४ गते जिल्लाको त्रिवेणी नगरपालिका–७ मा कुटपिटबाट ३२ वर्षीय ऐडीको हत्या गरिएको थियो । घटनामा विभत्स हत्या आरोपमा चेतनका बुबा गगने अयडीले २४ जनाविरुद्ध मुद्धा दायर गरेको छ । 

उनीहरु मध्ये मिति २०८० मंसिर १९ गते सर्वच्चो अदालतको आदेश अनुसार ६ जना शेरबहादुर अयडी, खेमराज अयडी, सागर अयडी र धनराज थापालाई पूर्वक्षका लागि जिल्ला कारागार बाजुरा पठाउनु आदेश दियो भने रुपा चौधरी, विनोद अयडी,चक्र अयडी, जुद्ध अयडी, भुपाल अयडी, र रनसिहं अयडीलाई साधारण तारिकमा रिहा गर्न आदेश दिएको थियो । 

त्यस्तै मिति २०८० चैत्र ८ गते जिल्ला अदालत बाजुराको आदेशमा रतन अयडीलाई साधारण तारिकमा छा्ड्न आदेश दियो भने निरज अयडीलाई तीन लाख धरौटी सहित तारिकमा छोड्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दानसिंह भण्डारीले बताएका छन् । सोही दिन प्रहरीको गोली लागेर स्थानीय सन्दीप अयडीले पनि ज्यान गुमाएका थिए । 

प्रतिक्रिया