गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:०१
Dho

संघीय सरकारले सुदूरपश्चिम र कर्णालीलाई विभेद गर्दै आयो : सांसद शाही

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
सोमबार, चैत १९, २०८०
संघीय सरकारले सुदूरपश्चिम र कर्णालीलाई विभेद गर्दै आयो : सांसद शाही

काठमाडौं : नेकपा एमालेका सांसद दयालबहादुर शाहीले प्रतिनिधि सभाको बैठकमा कविता सुनाएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा उनले कविता सुनाउँदै मुलुकमा बेथितिको चाङ रहेको बताए । बेथिति चाहनेहरूले अवैध रूपमा सुन भित्र्याउने, सहकारी रित्याउने, अनुदान पचाउने, कमिसन लिने, अख्तियार दुरुपयोग अनुसन्धान आयागेलाई आफू अनुकूल चलाउने, अदालतलाई आफ्नो मुठ्ठीमा पार्ने प्रयास गर्ने उनको भनाइ छ ।

शाहीले सुनाएको कविता

राज्य, राजनीति र राजस्व
जागेका जनताको सर्वस्व
जब यस आर्दशमा विषयान्तर आउँछ
सर्वत्र गोलमाल हुन्छ
चरम बेथितिले शीर उठाउँछ
चरम बेथितिले हाकाहाकी भन्छ
सुन भित्र्याउनुपर्छ
सहकारी रित्याउनुपर्छ
पचाउनुपर्छ अनुदान
कुम्ल्याउनुपर्छ कमिसन
अख्तियार खल्तिमा खाँद्नुपर्छ
अदालत मुठ्ठीमा पार्नुपर्छ
निष्ठाको लोडसेडिङ हानेर
सेटिङ नै सेटिङ हानेर
जनता जुट्न नदिन
इमानलाई उठ्न नदिन
सक्नेले यहाँ जे पनि गर्नुपर्छ ।

कविता सुनाइसकेपछि सांसद शाहीले संघीय सरकारले सुदूरपश्चिम र कर्णालीलाई विभेद गर्दै आएको बताए । विगतमा गरेको भेदभावलाई क्षतिपूर्ति दिने गरी आगामी आर्थिक वर्षको बजेटमा योजना पारिनुपर्ने उनको माग छ ।

अघिल्लो आर्थिक वर्षमा आफ्नो पार्टी प्रतिपक्षमा भएका कारण कुनै पनि मन्त्रालयमा योजना माग गर्न नगएको स्मरण गर्दै उनले भने, ‘यसपटक १५ वटा योजना बुझाएको छु ।’ आफूले दिएका योजना पर्नुपर्ने उनको माग छ । अन्यथा बजेटमा असहमति राख्ने शाहीले चेतवानी दिए ।

प्रतिक्रिया