गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:४६
Dho

बझाङ–१ मा छुट्टाछुट्टै उम्मेदवार, काँग्रेसबाट अझै लागेन टुंगो

बझाङ
गाैमुल खबर गाैमुल खबर
सोमबार, चैत १९, २०८०
बझाङ–१ मा छुट्टाछुट्टै उम्मेदवार, काँग्रेसबाट अझै लागेन टुंगो

धनगढीः बझाङ–१ मा चुनावी प्रतिस्पर्धा निकै रोचक बन्ने देखिएको छ। नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले छुट्टाछुट्टै उम्मेदवार खडा गरेका छन्।

काँग्रेसबाट भने अझै उम्मेदवारको अन्तिम टूंगो लागिसकेको छैन्। यी चारवटै पार्टीका छुट्टाछुट्टै उम्मेदवार एकअर्काबिच भिड्ने भएपछि चुनावी प्रतिस्पर्धा निकै रोचक बन्ने स्थानीयको अनुमान छ।

बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र (१) मा वैशाख १५ मा हुने प्रदेश सभा सदस्य उपनिर्वाचनमा उम्मेदवारको टुंगो लगाएका दलहरू चुनावी प्रचार र घरदैलोमा पुग्न थालेका छन्।

एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका उम्मेदवारले चुनावी प्रचार सुरु गरेका छन् भने सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले हालसम्म उम्मेदवारको नाम टुंग्याउन सकेको छैन्।

प्रदेश सभा सदस्य एवं आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधनपछि रिक्त बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र (१) मा सत्तारूढ एमालेले दमन भण्डारी, नेकपा एसले दीलबहादुर सिंह र माओवादी केन्द्रले जनक बुढालाई उम्मेदवार बनाएर प्रचारप्रसार अभियान थालिसकेको छ।

माओवादी केन्द्रले जनक बुढाको नाम सिफारिस गरेको छ। १५ बैशाखमा हुने उपनिर्वाचनका लागि माओवादी केन्द्रले पार्टीका प्रदेश कमिटी सचिव बुढाको नाम अघि सारेको हो। उनी संविधानसभा सदस्य समेत रहिसकेका छन्।

उनले पार्टीले आफ्नो नाम सर्वसम्मत सिफारिस गरेको बताए। उपनिर्वाचनको लागि उम्मेदवार मनोनयन दर्ता चैत २४ गते हुँदैछ।

अहिलेसम्म एमालेबाट दमन भण्डारी र नेकपा एसले दीलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। नेपाली कांग्रेसले भने उम्मेदवार टुङग्याउन अझै सकेको छैन्।

माओवादी, एकीकृत समाजवादी, एमाले र काँग्रेसले छुट्टाट्टै उम्मेदवार उठाएपछि चुनावी प्रतिस्पर्धा रोचक हुने स्थानीयको अनुमान छ।

प्रतिक्रिया