गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:५६
Dho

छेडेदह तालमा बेपत्ता वीरेन्द्र फेला

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, चैत १३, २०८०
छेडेदह तालमा बेपत्ता वीरेन्द्र फेला

बाजुरा: बाजुराको खप्तड छेडेदह गाउँपालिकामा रहेको छेडेदह तालमा डुंगा पल्टिदा बेपत्ता भएका वीरेन्द्र रावतको शव फेला परेको छ ।

आइतबार दिउँसो तालमा डुंगामा चढेको बेला अचानक डुंगा पल्टिँदा उक्त गाउँपालिका ७ लमगाउँका अन्दाजी ३२ वर्षीया वीरेन्द्र रावत बेपत्ता भएका थिए ।

छेडेदह तालमा बेपत्ता रावतको दिउँसो देखि नै खोजीकार्य गरेको प्रहरीले साँझ मात्रै मृत अवस्थामा फेला परेका हुन् । डुंगा सवार अन्य ६ जना भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

मृतक रावतको शव जिल्ला अस्पतालमा पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाईएको छ । मृत्युको मुख्य कारण जीर्ण डुंगा रहेको पाइएको छ ।

सुदूरपश्चिम प्रदेश सरकार पर्यटन बोर्डबाट तालको संरक्षणका लागि आएको बजेटबाट तालको वरिपरि बाटो बनाएर एउटा डुंगा खरिद गरिएको थियो । अज्ञात समूहले डुंगा नै फुटाएपछि डुंगा जीर्ण बनेको खप्तड छेडेदह गाउँपालिका ७ का अध्यक्ष खगेन्द्र रावतले बताए ।

तालको थप संरक्षणमा सम्बन्धित निकाय लागेर जीर्ण डुंगा भन्दा पनि नयाँ डुंगा खरिद गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गरी व्यवस्थित गर्न जरुरी देखिन्छ । 
     


 

प्रतिक्रिया