गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:२५
Dho

जनताका सपना साकार गर्ने तृष्णा अझैं पूरा भएन : अध्यक्ष रोकाया

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, चैत १०, २०८०
जनताका सपना साकार गर्ने तृष्णा अझैं पूरा भएन : अध्यक्ष रोकाया

बाजुरा: गौमुल गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाले जनताका सपना साकार गर्ने तृष्णा अझैं पूरा नभएको बताउनुभएको छ । नेकपा एमाले गौमुल गाउँ कमिटीले आयोजना गरेको पार्टी प्रवेश तथा नियमित बैठकको सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

जनताका असीमित चाहाना र सपनाहरु पूरा गर्ने संकल्प र तृष्णा आफुहरुमा रहेका कारण थप जनताका आशा अभिलाषाहरु पूरा गर्न लागिपरेको बताउनुभएको छ ।

अघिल्लो कार्यकाल जस्तो द्रुत रुपमा पालिकामा गतिविधि नभएको स्मरण गराउदैं बजेट र सीमित स्रोत साधनका कारण स्थानीय सरकारलाई काम गर्न असहज परिस्थिति सिर्जना भएको स्पष्ट पार्नुभएको छ ।

पालिकामा स्वास्थ्य र शिक्षा दुईवटा क्षेत्रमा व्यापक सुधार गरी जनताको दैनिक जीवनसंग जोडिने सपना र आकांक्षा रहेको धारणा राख्नुभएको छ ।

विकासका कार्यहरु अझैं असीमित रहेका कारण जनताले संरचना बन्दैमा र सडक पुग्दैमा विकास नसम्झन समेत आग्रह गर्नुभएको छ । जनतामा अभाव र समस्या अथाह रहेका कारण ती समस्या र अभाव परास्त गर्न संकल्पित रहेको बताउनुभएको छ ।

नेकपा एमाले जिल्ला कमिटी उपसचिव समेत रहेका रोकायाले पार्टीले लिएको नीतिलाई आत्मसात गर्दै सकरात्मक सोचका साथ लाग्न निर्देशन गर्नुभएको छ ।

पार्टीका गतिविधिहरुलाई टोलसम्म पुर्याएर संगठीत सदस्यता नवीकरण लगायत अन्य कार्यमा क्रियाशील हुन नेता तथा कार्यकर्ताहरुलाई आग्रह समेत गर्नुभएको छ ।

कार्यक्रमको सम्बोधन गर्दै एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य कलक बहादुर सिंहले पार्टीको अपानी अनुसार सबै कमिटीहरुले कार्य गर्न निर्देशन दिनुभएको छ ।

कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य वीरेन्द्र रोकाया, गोरख बोहरा, कर्ण बुढा, गीता रोकाया, मैना चदाँरा, धनलक्ष्मी जैशी लगायतको सहभागीता रहेको थियो ।

गौमृल गाउँ कमिटी अध्यक्ष देव बहादुर रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको सञ्चालन सचिव मोहन रोकायाले गुर्नभएको थियो । कार्यक्रममा नेता तथा कार्यकर्ताहरुको भव्य उपस्थिति रहेको थियो ।

No description available.

प्रतिक्रिया