गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:२१
Dho

दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, चैत ०९, २०८०
दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

काठमाडौं: प्रवर्तन निर्देशनालय (ईडी)को टोलीले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरेको छ । केन्द्रीय वित्त मन्त्रालय, राजश्व विभाग मातहतको ईडीको टोली बिहीबार मुख्यमन्त्रीको घरमा पुगेको थियो ।

दुई घण्टा लामो सोधपुछपछि उनलाई पक्राउ गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । दिल्ली सरकारकी मन्त्री एवं आम आदमी पार्टीकी नेता आतिशीले केजरीवालको गिरफ्तारी बीजेपी र प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक षड्यन्त्र भएको बताइन् ।

उनले भनिन्, प्रधाानमन्त्री मोदीलाई कुनै एक नेताको डर छ भने उनी अरविन्द केजरीवाल हुन् ।’ दिल्लीको मदिरा नीतिलाई लिएर ईडीले केजरीवालमाथि छानबिन गर्दै आएको थियो ।

प्रतिक्रिया