गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०८:२६
Dho

सुदूरपश्चिममा नागरिक उन्मुक्तिले गर्‍यो विश्वासको मत दिने निर्णय

धनगढी
गाैमुल खबर गाैमुल खबर
आइतबार, चैत ०४, २०८०
सुदूरपश्चिममा नागरिक उन्मुक्तिले गर्‍यो विश्वासको मत दिने निर्णय

धनगढी: नागरिक उन्मुक्ति पार्टील सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारलाई विश्वासको मत दिन निर्णय गरेको छ।

आज (आइतवार) बसेको प्रदेशसभा संसदीय दलको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएकाे समर्थन कायमै राख्ने निर्णय गरेका हो ।

प्रदेश सभा, संसदीय दलको कार्यालयमा बसेको बैठकमा प्रदेश सभा सदस्य कैलाश चाैधरी र टीका थापा भने सहभागी थिएनन्।कैलाश चौधरी र टीका थापा बाहेक सरकारमा सहभागी पाँच जना सदस्यहरूको बैठकमा उपस्थिति रहेको थियो।

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै आर्थिक मामिला मन्त्री समेत रहेका घनश्याम चाैधरीले अहिलेकाे सरकारलाई नै समर्थन कायम राख्ने र चाँडै मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासकाे मत लिने बताए। उनले यो हप्ता भित्रै सरकारले विश्वासको मत लिने बताएका छन्।

बैठकमा सहभागी नभएका प्रदेशसभा सदस्यहरूलाई समेत सरकारमा सहभागी गराउने विषयमा छलफल भइरहेकाे दाबी संसदीय दलका नेता चौधरीको छ।

केन्द्रमा नयाँ गठबन्धनमा सामेल भएर प्रधानमन्त्रीलाई विश्वासकाे मत दिएका बेला प्रदेशमा छुट्टै समीकरण बनाएर नयाँ सन्देश दिन खाेजिएकाे उनले टिप्पणी गरेका छन्।

नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री शाहलाई समर्थन कायमै राखे काँग्रेसका १८ र उन्मुक्तिका ७ गरेर सरकारको पक्षमा २५ जना  प्रदेश सभा सदस्य संख्या पुग्ने छ।

शाह नेतृत्वको सरकार टिकिरहन राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र प्रदेश सभा सदस्य  डाक्टर ताराप्रसाद जाेशीको  समर्थन आवश्यक  पर्नेछ। बहुमत पुगाउन सरकारको पक्षमा २७ जना सदस्यको समर्थन हुनुपर्छ।

संघमा राजनीतिक समीकरण फेरिएसँगै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादील पार्टीले समर्थन फिर्ता लिएपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह अल्पमतमा परेका छन्।

नागरिक उन्मुक्तिले समर्थन फिर्ता नलिएपछि मुख्यमन्त्री शाहले आफ्नो पक्षमा बहुमत पुगाउन उक्त पार्टीबाट चार जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री बनाएका थिए ।

प्रतिक्रिया